धादिङ बैशाख २७ । नयाँ शैक्षिक सत्र लागे सँगै भर्ना अभियान र नि:शुल्क शिक्षाको नाराले प्राथमिकता पाईरहेका छन् ।
विद्यार्थी संगठनहरुले चर्को शुल्कको विरोधमा नीजि विद्यालयको छाता संगठनहरुमा तालाबन्धी समेत गरेका छन् । तर नि:शुल्क भनिएको सरकारी विद्यालयमा नि:शुल्क छ त ? यतिबेला सर्वत्र वहस समेत पैदा भएको छ ।
जनयुद्धको बेला जनवादी शिक्षा र निशुल्क शिक्षाको नारा बोकेको माओवादीको आँखा छल्न सरकारी विद्यालयहरुले भर्ना नि:शुल्क भएको अभियान चलाए । तर विद्यार्थीहरुलाई विद्यालय संचालनार्थ सहयोग भनेर शुल्क असुल्ने घुमाउरो बाटो अपनाए ।
यहि परम्परा अहिले पनि हरेक सरकारी स्कुलमा कायम नै छ । सहयोग भन्ने हरेक कक्षाका विद्यार्थीहरुलाई निश्चित तोकिएको शुल्क लिने यो चलको विषयमा न त अभिभावक संघ, विद्यार्थी, न त मिडियाले नै बाहिर ल्याउने साहस गरेका छन् ।
यस्तै पछिल्लो पटक चर्चामा छ, जिल्लामै तेस्रो पुरानो तथा एक प्रतिष्ठित मण्डली माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) गंगाजमुना ५, फुलखर्क ।
निजी विद्यालयको झ-झल्को दिने गरि टाइ बेल्ट र सर्टको कक्षा १ देखि ५ सम्म रु ४०० र (कक्षा ६ देखि १० सम्मको विद्यार्थीको टाइ बेल्ट र सर्ट रु ५५०। बेच्ने गरेको पाइएको छ । विद्यार्थीले न्यून गुणस्तरको सट टाई बेल्ट रहेकोले बाहिरि बजारमा किन्ने प्रस्ताव गरे तर विद्यालयले अनिर्वाय विद्यालयमै किन्ने पर्ने नियम रहेको बताए ।
नेपालको संविधान २०७२ र शिक्षा ऐनले बाल शिक्षादेखि कक्षा आठसम्म आधारभूत तहसम्म अनिवार्य र माध्यमिक तह कक्षा ९ देखि १२ सम्म निशुल्क हुने किटान गरेको र विद्यालयले कुनै पनि बहानाका शुल्क लिन नपाइने भएता पनि यस विद्यालयले भने विद्यालय हाता भित्रबाट सर्ट, टाइ, बेल्ट नाममा शुल्क अशुल गरि रहेको देखिन्छ ।
अभिभावकले महङ्गो भो भनेर आलोचना गरेका छन अर्को कुरा सामुदायिक विद्यालय नाफा कमाउने संस्था होइन, बोर्डिङमा सिण्डीकेट हुन्छ तर तोकिएको पसलबाट मात्र किन्न पर्ने हुन्छ तर मण्डलीले विद्यालयबाट किन्नै पर्ने बाध्यता बनाएको एक अभिभावकले बताए ।
जिल्लाका सबै जसो विद्यालयमा अभिभावकहरु सँग सहयोग भनेर रकम अशुल्ने गरि रहेका छन् ।
सहयोग पनि अनिवार्य हुन्छ ? एक अभिभावले दुखेसो पोख्दै भने मेरा ३ सन्तानको सहयोग ३ हजार बराबर पुग्ने भयो । बरु भर्ना नै भनेर लिएको भए हुने सहयोग पनि अनिवार्य हुने यो कस्तो नियम ?