वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिए

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १९, २०७५

काठमाडौं,वैशाख १९। सरकारी स्वामित्वको दुई बैंकहरु राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएर बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छ।

२०१६ साल असार १ गते देशको औद्योगिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले सरकारले विशेष ऐन अन्तर्गत नेपाल औद्योगिक विकास निगम अर्थात हालको एनआईडीसी .डेभलपमेण्ट बैक स्थापना गरेको थियो ।

बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवारज खतिवडाले दुई बैंकको एकीकृत कारोबारको सुभारम्भ गरेका हुन् । दुई बैंक गाभिएपछि राष्ट्रिय वाणिज्य बैंकको नाममा कारोबार गर्नेछ ।

त्यस्तै २०२२ साल माघ १० गते राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अन्तर्गत वाणिज्य बैंक स्थापना गरिएको थियो । यी दुई सरकारी वित्तीय संस्थालाई आपासमा गाभ्ने निर्णय सरकारले २०७३ माघ १४ गते गरेको थियो ।

गाभिएपछि बैंकको १९१ शाखा कार्यालय, चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ, जगेडा तथा कोषहरु ८ अर्ब ३० करोड ५६ लाख र कुल सम्पत्ति १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको कुल निक्षेप १ खर्ब ५४ अर्ब १७ करोड ६३ लाख, कर्जा तथा सापट १ खर्ब, १५ अर्ब ७३ करोड ९ लाख ८७ हजार र खुद नाफा ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ भएको छ ।