वन कार्यालयले घर भत्कायो, अवैध काठ बरामद

Avatar photo
Dhadingpost
बुधबार, चैत्र २८, २०७४

धादिङ चैत्र २८ । जिल्ला वनकार्यालले वन क्षेत्र अतिक्रमण गरि वनाएको भवन भत्तकाउने अभियान जारी राखेको छ ।

जिल्ला वन कार्यालय धादिङका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा धादिङ बेनिघाट–रोराङ गा.पा. वडा नं. १० को पूर्वमा त्रिशुली नदी, पश्चिममा पृथ्वी राजमार्ग, उत्तरमा त्रिशुली नदी र दक्षिणमा पृथ्वी राजमार्ग चारकिल्ला भित्र अवस्थित बाँदरेघुम्ती राष्टि«य वन क्षेत्रमा अतिक्रमण गरी बनार्इएको आरसिसि भवन आइतबार भत्काएको हो ।

्स्थानिय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभागको सहयोगमा सडक विभागको जेसिवि प्रयोग गरी उक्त भवन पूर्ण रूपमा ध्वस्त पारी पूनः वन क्षेत्र कायम गरेको थियो ।

बेनिघाट–रोराङ गा।पा। का अध्यक्ष तथा बेनिघाट–रोराङ वडा नं. १० का वडा अध्यक्षको जिल्ला वन कार्यालय धादिङको यस कदम प्रति शुरूमा विमत्ति रहेता पनि फिल्ड अपरेशनको समयमा कुनै बाधा अवरोध नपुर्याएको प्रमुख पौडेलले धादिङपोष्टलाई बताए ।

प्रमुख पौडेलका अनुसार बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० मौवाखोला बस्ने विष्णु तामाङले उक्त भवन निर्माण गरेका थिए । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएको उक्त घर निर्माण नगर्न जिल्ला वन कार्यालयले पटक–पटक आग्रह गरेको थियो ।

‘म आफैसमेत गएर घर निर्माण नगर्न सम्झाएको थिएँ । मैले सम्झाउँदा पनि ढलान गर्न थालियो । एक जना मान्छेलाई मैले पक्राउ पनि गरेँ । तर उनी त्यहाँको कामदार रहेछन् । मैले ४ दिन जति हिरासतमा राखेँ,’ पौडेलले भने,‘हाम्रै जननिर्वाचित प्रतिनिधीबाट मलाई प्रेसर आयो । वडाध्यक्ष र गाउँपालिका अध्यक्षले प्रेसर गर्नु भयो । दुई पटकसम्म गाउँपालिका अध्यक्ष नै हिरासतमा भएको व्यक्ति लिन आउनु भयो । तर, मैले प्रमुख व्यक्तिलाई नपठाएसम्म फिर्ता पठाउन ईन्कार गरेँ ।’

केही दिनपछि गाउँपालिका अध्यक्ष नै प्रमुख भनिने विष्णु तामाङलाई लिएर वन कार्यालयमा आएका थिए । ‘दासढुङ्गा तिर लुकेर बसेको विष्णु तामाङलाई लिएर आउनु भयो । मैले बयान गरेर ७ दिन भित्र हटाउने सर्तमा गाउँपालिका अध्यक्षकै जिम्मा लगाएर पठाएको थिएँ,’ वन प्रमुख पौडेलले भने,‘७ दिनको म्याद नाघेपछि पनि उहाँहरुले हटाउनु भएन । सडक विभागसँग डोजर मागेर हामीले वन क्षेत्र खाली गराएका हौँ ।’

यस्तै धादिङ गल्छी र सिद्धलेकबाट अवैध रुपमा काटिएका काठहरुपनि वनकार्यालयले बरामद गरेको छ । गल्छी तिनघरेमा मापदन्ड विपरित अवैध रूपमा चित्र बहादुर मगरद्वारा सञ्चालित फर्निचर उद्योग परिसरबाट साल चिरान काठ २७८ थानको र सिद्धलेक सलाङबाट बरामद गरेको हो ।