सिताराम अधिकारी
धादिङ फागुन २९ । गजुरी गाउँपालिका–५, राइगाउँका विजय राइको भूकम्पले घर भत्किएपनि २ वर्षसम्म भुकम्पले घर भत्किएको भनेर सरकारले दिने अनुदानको लागि सम्झौता हुन सकेन । निर्वाचित वडा अध्यक्ष रामचन्द्र मिजारले जब विजय राइको कुरा सुनेर ०७४ असोज २६ गते सम्झौता गरे । पहिलो किस्ताको लागि सिफारिस भयो तर उनले हालसम्म पनि लाभग्राही सूचिमा परेर पनि रकम पाउन सकेनन् ।
राइगाउँका ज्ञानबहादुर राइले गाएामा बनाएको घर मध्ये नमूना घर भने पुनर निर्माण प्राधिकरणका इन्जीनियरहरुले बताएर सिफारिस गरेपनि गाउँमा मानिसले दोश्रो किस्ताको रकम लिएपनि उनले पहिलो किस्ता समेत पाउन सकेनन् ।
जिल्लाका दक्षिणी क्षेत्रमा रहेको गजुरी गाउँपालिका–५ को राइगाउँमा रहेको १ सय ३० घरमध्ये १६ घरलेमात्र दोश्रो किस्ताको रकम पाएका छन् । गाउँमा प्राविधिकहरु आउँछन् । घर बनेको हेर्छन् तर उनिहरुको घरको निर्माणका बारेमा केही नभनेका कारण गाउँबासीले बनाएर घर निर्माण सम्पन्न भइसक्दा समेत रकम नपाएपछि पुनर निर्माण प्राधिकरणसंग गाएँबासी आक्रोसित बनेका छन् ।
०७४ फागुन २९ गते राइगाउँमा गजुरीगाउँपालिका र इन्सेकको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइमा गाउँबासीको तर्फबाट भूकम्प पीडितहरुले गुनासैगुनासो गरेका छन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा लाभग्राही सूचिमा नाम भएका व्यक्तिको मृत्यु भएकोमा नामसारी गर्नुपर्ने, लाभग्राही आमाको मृत्यु भएको र त्यसपछि घर निर्माण गरिरहँदा छोराहरुले अंस जसरी सरकारले दिएको रकम समेत भागबण्डा गर्न माग गरेपछि घर निर्माण नै रोकिएको, घर क्षति भएर पनि लाभग्राही सूचिमा नाम नपरेकाहरुले गुनासो गरेका थिए ।
गाउँमा पानी नभएका कारण समस्या रहेकोले घर निर्माणमा समस्या आएको छ भने २ दिनमा पालो गरेर २ गाग्री पानी खानु पर्ने बाध्यताले गर्दा राइगाएँमा पुनरनिर्माणको गति समेत ढिला भएको गाउँबासीको गुनासो छ ।
गाउँबासीले खानेपानी, महिलाको बजेट, कृषिमा लगानी बढाउनु पर्ने, लगायतका विषयमा समेत प्रश्न गरेका थिए । गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ न. वडाअध्यक्ष रामचन्द्र मिवजार, गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगाना र कार्यक्रमका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले सहभागिको जिज्ञासाको जवाफ दिएका थिए ।
यसैगरि पुनरनिर्माण प्राधिकरणका इन्जिनियर नारायण खनालले गाउँबासीको समस्या रहेको तर आफूहरुले काम गरिरहेको बताउँदै पहिलो किस्ता पनि रकम नपाउनेहरुले जसले सम्झौता गरिसकेको छ उसले केही समयमै रकम पाउने र गाउँमा उठेका गुनासाहरुको समाधान वडा कार्यालय र इन्जिनियरहरु बसेर समाधान गर्ने बताए ।
गाउँपालिका अध्यक्ष बस्नेतले भूकम्प प्रभावितको समस्या समाधान गर्न लागि परेको, लाभग्राही सूचिमै नाम छुटेकाहरुले वडामार्फत सिफारिस गराएर आउन आग्रह गरे ।
उपाध्यक्ष ढुंगानाले महिला बजेट र रकम अभावमा जिल्ला सदरमुकामसम्म जान नसकेर दोश्रो तेश्रो किस्ताका लागि रोििकएका लाभग्राही एकल महिला लगायतका समस्यामा परेकाहरुका लागि गाउँपालिकाले समस्या समाधान गर्ने भएकोले गाउँपालिकाको न्याकि समितिमा आउन आग्रह गरे । रासस