मुनाल एकेडेमीमा विज्ञान प्रदर्शनी (फोटो फिचर)

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २८, २०७४

धादिङ गजुरी । धादिङको गजुरी गाउँपालिकामा रहेको मुनाल एकेडेमीले विज्ञान सँग सम्बन्धी सामाग्रीको प्रदर्शनी गरेको छ ।

यस विद्यालयले कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीले बनाएका उपकरणहरुलाई सहभागी गराउँदै विज्ञान प्रविधि प्रदर्शनी गरेको हो । प्रदर्शनीमा विद्यार्थीहरुले पानीको सहायताले हाइड्रोलिक प्रविधि सृजना गरि पानी तान्ने, कार लिफ्टिङ र ड्रिल गर्ने उपकरण बनाई प्रदर्शनीमा राखेका थिए । कसरी ज्वालमुखि विष्फोट हुन्छ, जलवायु परिवर्तन कसरी हुन्छ हुँदैछ, प्रयोगात्मक रुपमा निमार्ण गरिएका सामाग्रीहरु समेत प्रदर्शनमिा राखिएको थियो ।

यस्तै विद्यार्थीहरुले तरकारी खाने आलुमा तामाको तार र फलामको पाता प्रयोग गरि पङ्खा चलाएर पर्दशनीमा देखाईएका थिए । प्रदर्शन छिमेकी विद्यालयहरुबाट आएका विद्यार्थीहरु अभिभावकहरु र गजुरीबासीले अवलोकन गरेको उक्त प्रदर्शनीमा विद्यार्थीले बनाएका केवुलकार, भ्याकुम क्लिनर, इलोक्ट्रोनिक हिटर, हावाबाट विजुली निकाल्ने उपकरण, टेलिस्कोप र चलन चल्तीमा रहेका ढिकी, जाँतो, सिलौटो लगायत उपकरणहरु राखिएको थियो ।

मुनाल एकेडेमीले गरेको विज्ञान प्रदर्शनीबाट प्रभावित भएको बताउँदै अवलोकन गर्न आएका गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले भने, अब गाउँपालिका स्तरमै विज्ञान प्रविधिलाई उच्च स्थानमा राखि प्रवद्र्धन गर्ने सोचमा पुगेँ । मैले कल्पना गरे भन्दा बढी उपकरण त यी विद्यार्थीले बनाए यस्ता क्षेमता भएका विद्यार्थीहरुलाई प्रत्सोहान गर्ने र हरेक विद्यालय विज्ञान विषयलाई प्रयोगात्मक बनाउनु पर्ने महसुस गरेको अध्यक्ष बस्नेतले बताए ।

यस्तै विद्यालयका प्रिन्सिपल रमेश कुमार श्रेष्ठले भने, हाम्रा विद्यार्थीले बनाएका विज्ञान सँग सम्बन्धीत उपकरणहरु अवलोकन कर्ताले चासोका साथ हेर्ने प्रशंसा गर्नुभएको छ यसले हामीलाई थप उर्जा मिलेको छ । यस्तो कार्यक्रम अब सके सबै विद्यालय स्तरिय नभएपनि प्याब्सन जिल्ला अध्यक्षलाई भनेर जिल्ला स्तरीय रुपमा गर्न माग गर्ने बताए ।

मुनाल एकेडेमीका विज्ञान विषय पढाइरहेका शिक्षक राजेश चौधरी भन्छन् विद्यार्थीलाई हामीले कक्षा ५ देखिनै पढाउँदै आएको विषय वस्तुमा आधारित प्रयोगात्म अभ्यास पर्दषनी भएको बताउँदै प्रयोगात्मक शिक्षा नै अहिलेको अवाश्यकता भएको अवलोक कर्ता अभिभावहरुको चासोले पुष्टि गरेको छ ।

पढाइमा अब्बल मानिएको यस मुनाल एकेडेमी धादिङबाट ०७३ को एसईई परिक्षामा जिल्ला प्रथम भएको छ । एसईई परिक्षमा ३७ जना सहभागी मध्ये ए प्लस १४ जना, ए १४ जना बि प्लस ७ जना र बि २ जना विद्यार्थी उत्रिण भएसँगै मुनाल जिल्ला प्रथम भएको हो ।

सम्बन्धीत समाचारहरु
मुनालका जयरामलाई ओक्सब्रिज कलेजले पूर्ण छात्रबृति दिने

धादिङबेसीमा खगोल विज्ञान अवलोकन तथा प्रदर्शनी (तस्वीर समेत)