फुलखर्कमा सहासले गर्यो कृषक पुरस्कृत

Avatar photo
Dhadingpost
शनिबार, पुस १, २०७४

कृष्ण राना मगर,
धादिङ, फुलखर्क पौष १
। धादिङको गंगाजमुना गाउपालिका वडा ५ फुलखर्क शुकभञ्ज्यान्ङमा सहास नेपालले कृषकहरुलाई पुरस्कृत गरेको छ ।
सहास नेपाल (इलिप) परियोजना अन्तरगत उत्कृष्ठ छानियका कृषकहरुलाई सहासले एक विशेष कार्यक्रमको आयोजना कृषकहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृतहुने किसानहरुमा फलफुल बालीतर्फ ,उत्तर बहादुर भुजेल, खडक बहादुर बुढाथोकी, डिल बहादुर गुरुङ, रिपुमर्दन गुरुङ,
नगदे बाली तर्फ खडक बहादुर बुढाथोकी, गोपीनाथ नेपाल, अरुण मगर रहरेका छन् । यस्तै तरकारी बाली तर्फ
शंकर अधिकारी, जिरा अधिकारी, उमाकुमारी राना, ज्ञानु राना, अम्बिका अधिकारी पुरस्कृत भए । पुरस्कृत हुनोन जरेबाली तर्फ
एकमाया राना, उमा कुमारी राना, चन्द्रबहादुर कार्की, सुक बहादुर गुरुङ, हुम बहादुर अधिकारी रहेका छन् ।

कार्यक्रम सहास नेपाल (इलिप) परियोजनाको अधिकृत पंफा गुरुङको अध्यक्षतामा र गंगाजमुना गाउपालिका वडा ५ का अध्यक्ष रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको थियोे कृषक पुरस्कृत कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय धादिङका तिलक पाण्डेको विशेष आतिथ्यता रहेको थियोे ।