पृथ्वी राजमार्गमा भेटिएको बम सेनाद्वारा विष्फोट

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ५, २०७४

धादिङ मंसिर ५ । धादिङमा केहि दिन यता देखि बमले जनजिवन आतङिकत बनाउन थालेको छ । मंगलबार धादिङको बिहानी पेट्रोल पम्प नजिकै पृथ्वीराजमार्गमा भेटिएको बम सेनाले विष्फोट गराई मानविय क्षेति हुनबाट बचाएको थियो ।

जिल्ला निर्वाचन कार्यलय परि सरमा २ दिन पहिला राखिएको बम पनि सेनाले डिस्पोज गरेको थियो भने थाँक्रेमा उम्मेदवारलाई लक्षितगरि मब विष्फोट भएपनि मानविय क्षेति केहि हुन पाएन, तर बम भेटिए सँगै सुरक्षाको दृष्टिकोणले ३ बजे देखि प्रहरीले सेनाद्वारा बम डिस्पोज नगरुन जेल यातायात सेवा अवस्द्ध गर्दा सर्वसाधारणहरुलाई मर्का परेको थियो । बम कस्ले राखेको हो खुल्न सकेको छैन ।

दैनिक जसो धादिङमा बमले आतङ्कित बनाए सँग स्थानियहरु दलको कार्यक्रममा जान तथा साँझ विहान सार्वजनिक स्थल तिर जान डराउन थालेका छन् ।