धादिङ मंसिर १ । वाम गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार शालिकराम जम्कट्टेल सँग प्रतिस्पर्धा गरि रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रभात किरण सुवेदी (शिव) लाई समर्थन गर्दै गजुरी सुन्दरगाउँका ५५ घरधुरी नेपाली काँग्रेसमा प्रवेस गरेको मोहन पण्डितले बताएका छन् ।
पण्डितका अनुसार गजुरी गाउँपालिका वडा नं। १ मा रहेको सुन्दरगाउँका ५५ घरधुरीका जनता किसन सुनारको नेतृत्वमा नेकपा माओवादी केन्द्र परित्याग गरी नेपाली काँग्रसमा प्रवेश गरेका हुन् ।
नेपाली काँग्रेसको जित सुनिश्चित गराउनको निमित्त नेपाली काँग्रेस प्रवेश गरेको किसन सुनारले वताएका थिए । उक्त चुनावी सभामा नेपाली काँग्रेस धादिङका वरिष्ठ नेता एवं समानुातिक उम्मेदवार हरि अधिकारी, क्षेत्र नं। १ का प्रतिनिधी सभा उम्मेद्वार विश्व अर्याल, धादिङ क्षेत्र नं। १ प्रदेश सभा ख का उम्मेदवार शिव सुवेदी, नेपाली काँग्रेसका नेता, माधव पाण्डे, नेपाली काँग्रेस समानुपातिक उम्मेदवार गोपाल वि।क। राप्रपा प्रजातान्त्रिकका नेता विजय भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।