राजमार्गका होटलमा मनोमानी मुल्य, प्रश्न गर्दा होटल उल्टै धम्की

Avatar photo
Dhadingpost
शनिबार, भदौ २४, २०७४

विवेक अर्याल,
धादिङ सिद्धलेक, भाद्र २४ ।
कलंकी–नागढुंगा–नौबिसे सडक खण्डमा घन्टौं जामको झण्जट, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । प्रश्न गर्नै नपाइने, गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै धम्की र दुव्र्यवहार सहनु पर्ने गरेको छ ।

होटल सञ्चालकहरुले असुल्ने मनपरी मूल्य तिर्न वाध्य भएका छन् यात्रुहरु । अनुगमनका नाटकहरु जिल्ला प्रसाशनले गर्ने नगरेको होईन अनुगमनका लागि धादिङबेसीबाट हिडेको सुचना होटल संचालनकले तत्काल पाउँछन् त्यति मात्र होईन कुन कुन होटलमा अनुगमन हुँदैछ भन्ने पनि उनीहरुले पूर्व सुचना पाउने गर्दछन् । यस्तो स्थितिमा अनुगमनको कुनै प्रभावकारीता परेको देखिँदैन ।

दशैको मुखमा छौ, दैनिक यात्रुहरुको पनि चाप बढि रहेको छ, गाडीबालाहरु कमिशनको लागि खानाको गुणस्तर र मुल्यको कुनै वास्ता नगरी अखाद्य वस्तु मिसाईएका चर्का मुल्य लिने होटलहरु यात्रुहरुलाई ओराल्ने गर्दछन् । सामग्री मिसाएको गुनासो गर्नु सामान्य भइसक्यो ।

खाना सफा भएन भन्दा होटल सञ्चालक र मजदुरले दुव्र्यवहार गर्नुका साथै धम्क्याउने गरेको सर्वसाधारण यात्रुहरुले बताउने गरेका छन् । कतिपय यात्रुहरु भोको पेटमा दुव्यवहार र झण्जट व्यहोर्नुभन्दा होटल नजिकै रहेको कोल्ड स्टोर्समा विस्कुट चाउचाउ तथा अन्य पेय पदार्थ किन्दा समेत होटल संचालकको दुवयवहार साथमा किराना पसलले समेत हरेक सामान लिएर सामान बेच्ने गदैछन् । हरेक सामानको तोकिएको बजार मुल्य भन्दा बढी तिर्नुपर्ने राजमार्ग आसपासमा एनटिसी १००को रिचार्ज काडैलाई १० रुपयाँ बढी तिर्नु पर्छ । राजमार्गका होटल व्यवसायको र यात्रुहरुको गुनासो पछि म आफै रिपोटिङको लागि राजमार्ग क्षेत्र पुगें रु.८० को रेडवुललाई रु १५० र रु.२० को विस्कुटलाई रु ५० तिर्न वाध्य हुनुप¥यो ।

“होटलको साइडमा रहेका कोल्ड स्टोर्स मालिकले चर्को मुल्य भनेपछि किन यत्ति महगों चाडवाड नजिकियर हो भनेर प्रश्न गरें , पसल साहुनिले एकछिन है भनेर होटलतिर गईन तर एकैछिनमा होटलको काउन्टरमा रहेका होटल संचालक र ४ जना होटल मजदुर त्यहा आयर म माथी धमक्याउन थाले । ” उनिहरु भन्दै थिए “ त को होस् ठुलो कुरा गर्ने, मान्छे चिनेको छस्, अरु सबैले चुप लागेर यहि मुल्य तिरेका छन् तैले हल्ला गर्छस् मान्छे चिन भन्दै अपशव्द वोल्दै हातपात गर्न तम्सिए । त्यस पस्चात हातपात हुनबाट जोगिन मैले आफुसंग भएको पत्रकार परिचय पत्र देखाए। अनि तिनिहरु एकाएक गरेर आ–आफ्नो बाटो लागे ।

पृथ्वी राजमार्ग अन्तरगत गल्छी गाउँपालिकाको भल्टारमा रहेको राजधानी होटलको विरुद्ध टेलिफोन मार्फत जिल्ला प्रसाशन कार्यलय धादिङ, नेपाल पत्रकार महासंघ धादिङ, उद्योग वाणिज्य संघ धादिङ, उपभोक्ता हित संरक्षण मंचमा मौखिक रुरुपमा सबैलाई उक्त घटनाको जानकारी गराएको छु । टेलिफोनबाट जानकारी दिँदा सवैबाट सहानुभुति आएपनि उद्योग वाणिज्य संघ धादिङका अध्यक्ष वोधनाथ दुवाडिले भने “राजमार्गको होटलमा स्तर अनुसारको होटलहरु छन् ति मध्य कतिपय होटलमा रु १० मा पाईने चिया समेत स्तरिय होटलमा रु ३० देखि ४० सम्म पर्ने गर्दछ । त्यो सामान्य हो । कतिपय नाम चलेका पत्रकारहरु नै राजमार्गका होटलहरुमा पैसाको वार्गेनिङ गर्ने र अनावश्यक लफडा गर्ने गरेको जानकारी समेत हामीलाई आउने गरेको छ ” भन्दै तर्क गरे । यी र यस्ता गतिविधि त कयौं छन् । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने प्रत्यक यात्रुहर दिनहु ठगिइरहन्छन । ति मध्य छिटफुट घटना मात्र गुनासोमा आउछन् ।

यस अघि पपनि यस्तै घटना नभएको भने होईन, काठमाडौंबाट चितवन जाँदै गरेका केशव बस्नेतले पृथ्वी राजमार्ग स्थित बेनिघाटको एक होटलमा मःम खान पैसा तिरेर टोकन काटे । पैसा तिरेको चिट लगेर भान्सामा बुझाए । केही समयमा मःम त आयो । तर मःम काँटा चम्चाले टिप्नै नमिल्ने सानो थियो । उनले भने, ‘हेर्नुहोस् धादिङमा जहानिय राण शासन अझै हटेको रहेनछ ।, होटलवालाले उल्टै थर्काउँदो रहेछ प्रश्न गर्नै नपाईने यो कस्तो परम्परा हो ?’

“खानुभन्दा पहिले नै पैसा तिरेर खान लागेको दुई त्यान्द्रा चाउमिन पनि खान सकिएन, होटलवालासँग बोल्योेकी कुटुम्ला जस्तो गर्दो रहेछ । हाम्रोमा हुने यस्तै हो, खाए खाऊ नत्र चुप लागेर जाऊ नत्र ठिक हुदैन” भन्दै उल्टै थर्काए मलाई पनी भन्दै माईक्रोमा रहेका यक वृद्ध पनी गुनासो गर्दै थिए ।

यात्रुहरु होटलमा पसेर खानेकुरा खाँदा आफूहरु ठगिनु परेको, खानाबारे सोधपुछ गर्दा उल्टै दुव्र्यवहार र धम्की सहनुपरेको सर्वसाधारण यात्रु चितवनका केशव बस्नेतले बताए । उनका अनुसार चालक र होटल मालिकको मिलेमतोमा यात्रु ठग्ने गरेको छ ।

‘सधैं यहीँ बाटो हिडिराख्नु पर्छ, माइक्रो यहिँ रोक्छ । होटलवालालाई महँगो भयो भनेर सोध्न समेत हुँदैन खानाको साटो गाली खाइन्छ, बोल्नै पाइँदैन । नखाए के खाने,’ पोखराका सुरेन्द्र लामिछानेले भने ।

पृथ्वी राजमार्गको सिम्ले स्थित नमस्ते नेपाल होटलले सादा खानाको एक सय ५० रुपैयाँ मूल्य पर्ने भनेर भित्तामा सूचना टाँसेको छ, तर एक सय ८० रुपैयाँ लिइरहेको होटल सञ्चालक नै स्वीकार गर्छन् ।

प्रायः जसो धादिङ–काठमाडौं चल्ने गाडी रोकिने गरेको साथीभाइ खाजाघरले एक प्लेट चनाको ५० रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

पृथ्वी राजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको पाइएको छ ।