धादिङ चरौदीमा पुस्कल शर्मा सहित ख्याती प्राप्त कलाकार आउने

Avatar photo
Dhadingpost
भदौ ७, २०७४

धादिङ भाद्र ७ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ चरौदीमा तीजको दिन लोक प्रिय कलाकार पुस्कल शर्मा, हास्यकलाकारहरु सहित ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

तिज विशेष बृहत साँस्कृतिक कार्यक्रममा शर्मा सहित कुसल वेलबासे, सागर गुरुङ, रमिला न्यौपाने, दुर्गा परियार र हास्यकलाकारहरु निर आले र रमेश दुलालको बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक संगीत सुवेदी (नरन) ले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ, भरपुर मनोरञ्जनको लागि हामीले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका कलाकार हरु आउने छन् साथमा काग सम्मेलन गर्ने हास्यकलाकार रमेश दुलाल र नीर आले समेत आउने छन् आयोजक चरौँदी समाज सुधार युवा क्लवका कार्यक्रम संयोजक सुवेदीले बताउनु भयो ।