धादिङ साउन २८ । माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले राजनीतिक स्थिरता र बलियो कार्यकारी संस्था अनिवार्य भएकोले माओवादी केन्द्र कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको बताएका छन् ।
उपत्यका गंगाजमुना ५ संघिय जनसम्पर्क मन्चको प्रथम भेला उद्घाटन गर्दै चुनावमा कसैको पनि बहुमत नआउने र सरकार ढाल्ने र बनाउने खेलका कारण मुलुक आर्थिक समृतिमा जान नसकेको बताउँदै उपाध्यक्ष भण्डारीले उक्त कुरा बताएका हुन् ।
भण्डारीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा पहिलो संविधान सभाको निर्वाचन देखि नै उठाउँदै आएको र यो जनतामा समेत स्थापित एजेण्डा भएको समेत बताएका थिए ।
प्रथम भेलाले अर्जुन सिम्खडा अध्यक्ष ,सन्जु भट्टराई सचिब ,गोपाल थापा कोसाध्यक्ष रहेको १७ सदस्यीय गंगाजमुना ५ संघिय जनसम्पर्क मन्च गठन गरेको छ । यस मञ्चको लागि श्रीराम अधिकारी अध्यक्षमा सल्लाहकार समिति समेत गठन भएको छ ।
ऋषिप्रसाद नेपालले स्वागत मन्तव्य दिनु भएको भेलामा शंकर अधिकारी, नवराज अधिकारी, सेकेमान तामाङ, स्ट्री प्रसाद खनाल, नवराज दाहाल, सरोज न्यौपाने, नवराज पाण्डे, राजन अधिकारी, ठाकुर राज पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।