धादिङ साउन २६ । गजुरी गाउँपालिका गजुरीबजारमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ ।
त्रिशुली किनारमा रुद्धेश्वर महादेवको नामार्णको उद्धेश्याका साथ आयोजिक महा यज्ञको उद्घाटन नेपाली सेना ६ नम्बर बाहिनी बैरेनीका बाहिनी पति सुदर्शनविक्रम राणाले गर्नुभएको थियो ।
उद्घाटन पूर्व मन्दिर भावगत वाचन स्थल देखि गजुरी ब्यारेक गेट सम्म सयौ भक्तजनहरुको सहभागिता कलश यात्रा गरिएको थियो ।
उद्घाटन सत्रमा बोल्दै महापुराण वाचक शिरोमणि पण्डित दिपक प्रसाद पौडेलले भागवत पुराण सबै जात जाती र अन्य धर्मप्रति आस्था राख्ने जोकोहीले पनि श्रवण गर्नुपर्ने शास्त्र भएकोले सुनिदिन आग्रह गरेका थिए ।
उद्घाटन मन्तव्य राख्दै पण्डित पौडेलले महापुराण ग्रहण गर्दामात्र पनि मनले शान्तिपाउने बताउँदै पुराण श्रवण गर्न सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चन्द्रकान्त अधिकारीले विकासका लागि महापुराणले धेरै सहयोग पुर्याएको बताउँदै दानबाट प्राप्त रकम सहि सदुपयाग हिसाव चुस्त दुरुस्त राख्न आग्रह गरेका थिए । पुराण वाचन कार्यक्रम गजुरी सामुदायी समाज गजुरीले आयोजना गरेका हो ।