बिहानी पेट्रोल पम्प नजिकै त्रिशूलीमा ट्रिपर खस्यो, २ वेपत्ता

Avatar photo
Dhadingpost
बिहिबार, साउन १२, २०७४

धादिङ श्रावण १२ । धादिङको पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका २ बिहानी पेट्रोल पम्प नजिकैबाट ट्रिपर त्रिशूली नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका छन् ।

बिहिबार बिहान बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खस्दा सिद्धलेक गाउँपालिका कुम्पुरका २३ वर्षिय ट्रिपर चालक सागर दमाई र सहचालक २१ वर्षिय भोजराज थपलिया वेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले बताउनु भयो ।

प्रहरी निरीक्षक सापकोटा अनुसार ट्रिपर र वेपत्ताको खोजी चलिरहेको छ । खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा लागेका छन् । वर्षाका कारण त्रिशूलीमा पानीको बहाव बढेकोले खोजीमा समस्या भएको प्रहरीले बताएको छ । बिहानी पम्पको मोडमा पुगेपछि ट्रिपर सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको थियो ।