किशोर अधिकारी,
धादिङ साउन ५ । प्रयाप्त पानी नपर्दा किसानका खेत बाँझै छन्, असार सकिएर साउनको पहिलो साता सकिन लाग्दा पनि पानी पर्न सकेको छैन जसले गर्दा धादिङ गोरखा लगायतका टारी-पाखा खेतहरुमा रोपाई हुन सकि रहेको छैन ।
गजुरी गाउँपालिका वडा नं. ७ किरान्चोकमा प्रयाप्त पानी नपरेपछि आकाशे पानीको भरमा रोपिने टारीखेत बाँझै रहेको छन् । बेल्खुखोला जामुन्टार सिचाँई आयोजनाको नहर १४ वर्ष अगाडी देखि जिर्ण भएर संचालनमा नआए पछि किसानहरु ठूलो मर्कामा परेका छन् नहर संचालन पछि ३ वर्ष राम्रै सिचाँई भएको थियो उत्त नहरले ६० हेक्टर जमिन सिचांई हुदै आएको थियो ।
पानीको अभाव भएपछि हाल केहि जमिनमा मकै र कोदो रोपिदैं आएको छ भने केहि जमिन बाँझिएको छ, पानी नपर्दा गोरखाको ताप्ले गाबिसको खेतमा पनि रोपाई हुन सकेको छैन । बीउ बढेपछि किसानहरुले धानको सट्टा कोदो खेती गर्ने तयारी गरेका छन् ।