धादिङलाई अहिले सम्म कै ठुलो भारतिय सहयोग प्राप्त

Avatar photo
Dhadingpost
बुधबार, साउन ४, २०७४

धादिङ साउन ४ । धादिङलाई अहिले सम्म कै ठुलो भारतिय सहयोग प्राप्त भएको नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले बताउनु भएको छ ।

४ करोड १२ लाख भारत सरकारको सहयोगमा बन्न लागेको आदर्श बहुमुखी क्याम्पसको भवन शिलान्यास कार्यक्रममा बोल्दै नेता पाण्डेले धादिङमा अहिले सम्म कै ठुलो भारतिय सहयोग प्राप्त भएको बताउनु भएको हो ।

करिव पाँच करोड लागतमा बन्ने भवन क्यान्टिन र प्राविधिक कक्ष सहित भवन २६ कोठाको हुने क्याम्पसका अध्यक्ष समेत रहेका धादिङ क्षेत्र नम्बर ३ का सांसद तथा एमाले नेता राजेन्द्रप्रसाद पाण्डेले बताउनु भएको थियो ।

शिलान्यास कार्यक्रममा भारत सरकार मार्फत नेपाल स्थित भारतिय राजदुत हुँदै जिल्ला समन्वय समिती मार्फत आउने बताउँदै राजदुत मंजीव सिंह पुरीले यस सहयोगले धादिङको शिक्षाको विकासमा महत्वपूर्ण भुमिका खेल्ने आशा राखिएको बताउनु भएको थियो ।