धादिङको रि गाउँमा पहिरोले ७ घर पुरियो

Avatar photo
Dhadingpost
बुधबार, साउन ४, २०७४

धादिङ साउन ४ । उत्तरी धादिङ गंगाजमुना गाउँपालिका अन्तरगत रि गउँमा गएराति (मंगलबार) आएको पहिरोले ७ घर पुरिएको छ ।
पहिरो खस्ने क्रम नरोकिएकोले थप घरहरु पनि असुरक्षित ब्नद्यँ १७ घरपरिवार विस्थापित बनेका छन् ।

गत आइतबार रातिदेखिको अवरिल वर्षा बस्ती माथिबाट ढुङा खस्न थालेपछि १७ घर परिवारले आइतबार मध्यराति नै घर छोडेकोले मानविय क्षेति हुन भने पाएन ।

‘मंगलबार दिनभरी पानी परेपछि गएराति पहिरो बस्तीमा आइपुगेको हो,’ उक्त वडाका प्रमुख फैसिंह तामाङले भने ।

गएरातिको पहिरोले दाईबहादुर तामाङ, फूर्वा तामाङ, मनोज तामाङ, तिरुवा तामाङ, दलबहामदुर तामाङ, सुकबहादुर र खिमबहादुरको घर पहिरोले पुरेको छ । पहिरोमा घरपालुवा जनावर भने परेको स्थानीयले बताएका छन् ।

भूकम्पपछि भूगर्भविद्हरुले गरेको सर्वेक्षणमा उत्तरी भेकका तत्कालिन रि गाउँ, लापाका ८ वटा वस्ती अन्तै सार्नु पर्ने सिफारिस गरिए पनि स्पष्ट नीति अभावले अन्यत्र सार्न नसक्दा समस्या पैदा भएको बताइएको छ ।