धादिङ गंगाजमुना श्रावण ४ । आफनो बस्तीको सिरानमा जमिन फाटेर पहिरो झरेपछि उत्तरी धादिङको विकट बस्ती गंगाजमुना —२ पुन्द्रुङका १७ घर परिवार विस्थापित भएका छन् । गत आईतबार रातिदेखि परेको अविरल वर्षाले भूकम्पकै बेला गएको पहिरो झर्न थालेको हो ।
‘गत आईतवार राति देखिनै पहिरो झर्न थालेपछि १७ घरका ८७ जना तामाङ बस्तीका स्थानीयबासीहरुले बालवच्चासहित घरमा ताला मारेर छिमेकी आफन्तहरुकोमा शरण लिन गएको’ उक्त वडाका प्रमुख फैसिंङ तामाङले फोनमा बताए । उक्त गाउँसँगैको ७ घर रहेको सल्ले पनि जोखिममा रहेको वडाप्रमुख फैसिंङ बताउँछन् ।
उक्त खबर पाएलगत्तै स्थानीय प्रशासनले अवस्था बुझ्न र उद्दार गर्न मंगलबार बिहानै दार्खास्थित प्रहरी चौकीबाट प्रहरी खटाएकोछ । विस्थापित परिवारहरुलाई रीगाउँको सुरक्षित सामुदायिक आवासमा सार्ने योजना रहेको प्रजिअ महेश आचार्यले बताए ।
‘हेलिकप्टर बाहेक उद्दार र राहतका लागि विकल्प नभएकोले अवस्था हेरेर परिचालन गर्छौ’, प्रजिअ आचार्यले भने । कान्तिपुरमा खवर छ ।
भुकम्पपछि भुगर्भविद्हरुले गरेको सर्वेक्षणमा उत्तरी भेकका तत्कालीन रीगाउं, लापा का ८ वटा बस्ती अन्तै सार्नु पर्ने सिरफारिस गरिए पनि सिफारिस कार्यान्वयन भएको छैन् ।