प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनियताको सपथ

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २४, २०७४

धादिङ, जेठ २४- मंगलबार प्रधानमन्त्रीमा निर्वाचित शेरबहादुर देउवाले बुधबार दिउसो पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रम मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । देउवाले सपथ लिदा इश्वरका नाममा लिएका थिए ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानन्त्रीहरु निवर्तमान मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो । माओवादी र कांग्रेस विच भएको भद्रसहमति अनुसार नै कांग्रेस प्रधानमन्त्रीमा बहुमतीय प्रक्रियाद्धारा चुनिएका थिए ।