किशोर अधिकारी
धादिङ जेष्ठ १४ । स्थानीय तहको निर्वाचन सकिए सँगै किसानहरु खेतिपातीमा व्यस्त बन्न थालेका छन् ।
चुनावका कारण छिमेकमा देखिएको वैमनस्यता पनि खेतबारीमा पुगेपछि विस्तारै हल हुँदै गएको छ ।
आजभोली गाउँ घरमा बारीमा मकै गोड्ने खेतको मकैमा यूरिया मल राख्ने धान गोड्ने लगायतका कामहरु पर्म लगाएर गरिरहेका छन् । पर्ममा सबैपार्टीका किसानहरु सहभागि रहँने हुँदा चुनाव अघि समस्या परेको थियो यो पार्टी राम्रो र यो पार्टी नराम्रो भनेर चुनाव सम्म खटेका किसानहरु चुनाव पछि सँगै एउटै मोर्चामा सहभागि भएका छन् । उनीको मोर्चा यतिबेला खेतबारीका अन्नबाली गोलमेल र हेरचाह बन्न पुगेको छ । कामकै शिलशिलामा किसानहरू पनि चुनावकै कुरा गर्दै काम गर्छन् यो पार्टीको यति भोट त्यो पार्टीको यत्ति भोट यति बदर भएछ भन्दै मेलो वितेको पत्तो पाउँदैनन् ।
मेलामा हार्न नहुने उम्मेदवारले हारेको र जित्नै नहुनेले पनि जितेको चर्चा चल्छ जेहोस् जनताका प्रतिनीधि बनेपछि काम गर्लान् कि आशामा रहेको किराञ्चोकको एक मेलामा भेटिएका किसान बताउँछन् ।
चुनावको कारणले गर्दा मकै गोड्न ढिला भएको गजुरी गाउँ पालिका बडा नं ७ का अगुवा किसान रामबहादुर अधिकारीले बताउनु भयो चुनावी माहोलमा किसानको मन चुनाव तर्फ गएता पनि चुनाव पछि जसले जिता पनि आफ्नो दुख आफैंसंग त हो नि अहिले सम्म कसले के सघाएको छ र ? सरिता अधिकारीले दुखेसो पोख्दै भन्नू भयो आफ्नो टोल छिमेक मिलेर पर्म सुरु भएको छ चुनावले गर्दा खेतबारीमा झाङ्गिएका झारहरु अब हामी मिलेर हटाउँदै छौ । चुनावी तुसहरु पनि मेलाबाटै हटाउँछौ सरिताले बताउनु भयो ।