गजुरी एमालेले जित्यो अब नीलकण्ठको नतिजा आउन बाँकी

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ५, २०७४

धादिङ जेष्ठ ५ । स्थानीय तहको निर्वाचन भएको छैटौ दिन सम्म पनि धादिङको पुरै मतको नतिजा आउन सकि रहेको छैन । करीब अन्तिम चरणमा पुगेको अवस्थामा गजुरी गाउँपालिकाको प्रमुख उप प्रमुख नै एमालेले जितेको छ भने नीलकण्ठमा वडाको मत गणना जारी रहेको छ ।

एमालेका राजेन्द्रविक्रम बस्नेतले ४ हजार ३ सय ३६ मत ल्याई प्रतद्धिन्द्धि माओवादी केन्द्रका गणेशलाल श्रेष्ठलाई हराएका हुन् । श्रेष्ठले ४ हजार ६ मत ल्याएका थिए ।

यस्तै उपाध्यक्षमा एमालेका सीता ढुङ्गानाले ४ हजार २ सय १४ मत ल्याई प्रतिद्धन्द्धि नेपाली काँग्रेसका शर्मिला विसुराललाई हराएकी थिइन । विसुरालकोे ३६ सय २९ मत आएको थियो ।
फोटोः पि. के. गजुरी