धादिङ कात्तिक १८-
विहीबार सुनको भाउ अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ८ सय ४० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९० डलर हाराहारीमा कारोबार भएको थियो ।
बुधबार सुनको भाउ तोलाको ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।