पार्टीभित्रै प्रचण्डको तीव्र आलोचना

Avatar photo
Dhadingpost
कार्तिक १८, २०७३

धादिङ कात्तिक १८-

Newly elected Nepalese Prime Minister Pushpa Kamal Dahal, also known as Prachanda, (L) sits on a chair upon his arrival to administers the oath of office at the presidential building "Shital Niwas" in Kathmandu, Nepal, August 4, 2016. REUTERS/Navesh Chitrakar

सरकार नेतृत्व गरेको एक सय दिन नपुग्दै नेकपा माओवादी केन्द्रभित्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तीब्र आलोचना सुरु भएको छ ।

परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएएको, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक विदा घोषणा गरेको, इमान्दार र क्षतावानलाई पन्छाएर आफू र परिवारका सदस्य रिझाउनलाई राजनीतिक नियुक्तिमा लागेको आरोप लगाउँदै उनको आलोचना हुन थालेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना पराराष्ट्र मामिलाका सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको विषय सेलाउन नपाउँदै प्रशासनिक सल्लाहकारमा भाइ नारायण दाहाललाई नियुक्ति गरेपछि उनको तीव्र आलोचना सुरु भएको छ ।

x