तिज आयो अरे हजुर

Avatar photo
Dhadingpost
भदौ १३, २०७३

तिज आयो अरे हजुर चारैतिर रमझम
पाटी प्यालेस धाएर नाच्न थाले छमछम।

दर खाने अरे हजुर महङ्गो त्यो होटलमा
डिस्को नाची रमाउछन् हुस्किको त्यो बोतलमा।

कोही महिला तिजको बेला मोजमस्ती गर्छन्
कोही भने एकछाक खान नपाएरै मर्छन्।

गीत पनि कस्तो हजुर सुन्नै लाज लाउने
गीतको महत्व नबुझी कलाकारले गाउने ।

पहिलेका गितमा हजुर दुःख पिडा हुन्थ्यो
तिजको गित सुनेर सबै महिला रुन्थ्यो ।

चेलीको त्यो पिडा हजुर गितमा आउनै छाड्यो
हाम्रो यो संस्कृतिलाई विकृतिमा गाड्यो।

मन्दिरमा पुजा गदैमा हजुर हदैन मनको चाहना पुरा
सफा मन हुनुपर्छ पर्दैन टल्किने सारी अनी सुनको चुरा।

सरगम राना, नीलकण्ठ नगरपालिका धादिङबेसी
(राना बिगत २ वर्ष देखि रेडियो बिहानी ९७.६ मेगाहर्ज धादिङबेसीमा रहेर पत्रकारीता गदैै आउनु भएको छ ।)