बाबुराम भट्टराईका सुरक्षामा खटिएको प्रहरी चालक ट्राफिक कारबाहीमा

Avatar photo
Dhadingpost
भदौ ५, २०७३

धादिङ भदौ ५

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको सुरक्षार्थ तैनाथ पछुवा गाडीका चालक प्रहरी हबल्दार ट्राफिक कारबाहीमा परेका छन्।

‍भट्टराईको सुरक्षामा खटिएका बा १ झ ६९५४ नम्बर गाडीका चालक सूर्यबहादुर थापालाई जावालाखेल ट्राफिक प्रहरीले कारबाही गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

जावलाखेल चोकमा जेब्रा क्रसिङमा सवारी तेर्स्याएर राखेको भेटिएपछि प्रहरी चालकलाई कारबाहीको दायरमा ल्याइएको हो।

ट्राफिक प्रहरीले भिआईपीको सुरक्षा तथा पछुवामा खटिएकामा चालकलाई कारबाहीको दायरामा ल्याएको यो घटना पहिलो हो।

x