धादिङमा जन्मेका दाहालको गीति संग्रह सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २८, २०७३

धादिङ साउन २८ । राजधानीमा एक कार्यक्रमका बीच गीतकार भगीरथ दाहालकोे आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र उहाँद्धारा रचित गीति पुस्तक संग्रह ‘आफ्ना पराया’को लोकापर्ण गरिएको छ ।

तिन दशक देखी साहित्य सृजनामा सक्रिय दाहालको प्रकाशित कृति चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, गायक रामेश श्रेष्ठ, गीतकार केशवराज राजभण्डारी, चर्चित संगीतकार राजु सिंहद्धारा लोकापर्ण हो ।

धादिङमा जन्मेर चितवनमा हुर्केका गीतकार दाहाल हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । स्कुलले जिवनबाट नै साहित्य सृजनमा लागेका उनले विभिन्न प्रतियोगिताहरुमा पुरस्कार समेत जितेका छन् ।

विभिन्न साहित्य कार्यक्रमहरुमा कविताहरु वचन गर्ने दाहालका विभिन्न पत्रपत्रिकाहरुका कविताहरु प्रकाशित भएका छन् । सार्वजनिक भएको यस आधुनिक एल्वममा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ ।

दुई दशक भन्दा बढि समयदेखी श्रेष्ठ संगीत सृजनामा क्रियाशिल छन् । यस एल्वमा चर्चित गायक÷गायिकाअन्जु पन्त, रामकृष्ण ढकाल, प्रमोद खरेल, बेनुका राई, दिपा महर्जन तथा सुरेन्द्र श्रेष्ठको स्वर रहेको छ । यस एल्वम अनुकम्पामा ६ वटा गीतहरु संग्रहित छन् । भने गीति संग्रहमा ७७ वटा गीतहरु रहेका छन् ।

एल्वम अनुकम्पामा लोकापर्ण समारोहमा गायिकाद्धय बेनुका राई र दिपा महर्जनले गीत प्रस्तुत गरेका थिए । गायिका अन्जु पन्तको स्वरमा रहेको म रुँदाहास्ने बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । उक्त भिडियोमा सम्पदा बानिँया, राजेन्द्र लुईटेल, रवि सुवेदी, रामकृष्ण श्रेष्ठ आदिको अभिनय रहेको छ ।