खुसीयाली जुलुसमा ‘प्रचण्ड देशद्रोही हुन्’ भनेपछि

Avatar photo
Dhadingpost
साउन २०, २०७३

धादिङ साउन २०
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो ।
खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले गरेका थिए ।
करिब ५० जनाको हाराहारीमा केन्द्रका कार्यकर्ताले मैनबत्ती बालेर विजय उत्सव मनाइरहेका बेला एकजना अर्धनग्न युवा प्रचण्ड देशद्रोही हुन् भन्दै नारा लगाउन थालेको आजको अन्नपूर्णमा समाचार छापिएको छ।
माओवादीको वाहीवाही र जिन्दावादका नारा लागिरहेको बेला शरीरमा प्रचण्ड देशद्रोही हुन्, विकासविरोधी हुन् भन्ने नारा लेखेर ती युवा चिच्याउन थालेपछि माओवादी केन्द्रका कार्यकर्ताको निशानामा परे।
कार्यक्रममा सहभागीले ती युवालाई माओवादीे कार्यकर्ताले कुटपिट गरेपछि प्रहरीले उनलाई सुरक्षित स्थानमा लग्यो। उनले आफू कुनै पार्टीको पनि कार्यकर्ता नभएको बताए । उनले प्रचण्डले भारतीय इसारामा केपी ओली नेतृत्वले भारतीय इसारमा केपी ओली नेतृत्वको सरकार ढलाएर विकासविरोधी काम गरेको आरोप लगाए।

x