नयाँ तलब साउनदेखि पाउने (सूचीसहित)

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १४, २०७३

धादिङ साउन १४

artha

प्रधानमन्त्री ओलीका कतिपय महत्वकांक्षी योजनाहरुले देश विदेशबाट प्रशस्तै प्रसंशा पायो ।केपी शर्मा ओली नेतृत्वको नौं महिने सरकारले ताली र गाली उत्तिनै पाइरहेको छ । तलब बढ्दा अवकाश प्राप्त कर्मचारीको पेन्सन पनि बढ्ने भएकाले तलब वृद्धिको यो निर्णयले सरकारलाई ठूलो आर्थिक भार पर्ने निश्चित हुँदाहुँदै यही साउनदेखि नयाँ तलब लागु हुँदैछ ।

प्रतिपक्षमा रहेको प्रमुख दल नेपाली कांग्रेसले ‘देशलाई ऋणभार थप्ने काम’ गरेको भन्दै चर्को विरोध हुँदाहुँदै सरकारले कर्मचारीको तलबमा २५ प्रतिशतले बृद्धी गर्‍यो । मनोबल उच्च बनाउन भन्दै सरकारले तलब बृद्धि गरेर करिब पाँचलाख कर्मचारीबाट ताली पायो ।

सरकारले आ.व. ०७३/०७४ को वजेटमार्फत कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको हो ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले मंगलबार सूची सार्वजनिक नै गरिसकेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको राष्ट्रपति देखि पियनसम्मको तलबको विवरण यहाँ हेर्न सकिन्छ ।

1 2 3 4 5 6 7 8 9-teacher