आउदो हिउदमा लोडसेडिङ दैनिक ८ घण्टा मात्र

Avatar photo
Dhadingpost
असार २८, २०७३

धादिङ असार २८
download

सरकारले आगामी हिउँदमा तात्विक रुपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ।
त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदामा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत प्राधिकरणका एक अधिकारीले दिए। कान्तिपुर दैनिकमा समाचार छ।
अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टामा पुगेको थियो। दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र दुई विद्युत नाकाबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने गृहकार्य भइरहेको जानकारी ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले दिए।
विद्युत प्राधिकरणका २ र विदेशी तथा स्वदेशी निजी लगानीका ६ निर्माणाधीन आयोजना सम्पन्न भई आगामी हिउँदसम्ममा मुलुकमा १ सय ५० मेगावाट थप विजुली उत्पादन हुने भएको छ।
घिमिरेका अनुसार आगामी हिउँदमा मुलुकमा विद्युतको माग १ हजार ४ सय ५० मेगावाट बिजुली आपूर्ति हुनेछ।
विद्युत प्रणालीमा १ हजार मेगावाट बिजुली उपलब्ध भयो भने हिउँदमा लोडसेडिङ ८ घण्टाभन्दा बढी हुने छैन।

x