पहाडी जिल्लामा भीमकाय पहिरोको खतराः विज्ञ

Avatar photo
Dhadingpost
असार १८, २०७३

धादिङ असार १८ww

मुलुकभर भएको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण मुलुकका अधिकांश पहाडी जिल्लामा पहिलो जाँदा राजमार्गहरु नै बन्द भएका छन् भने तराईका जिल्लामा डुबान भएको छ ।

अबिरल वर्षासँगै भूकम्पले कमजोर बनाएको पहाडमा पहिरो जोखिम बढेको हो । बिहीबारदेखि परेको अबिरल वषर्ाका कारण आएको बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा ६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार पहिरोबाट दार्चुलामा तीन, ललितपुरमा दुई र सर्लाहीमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । वर्षापछि आएको पहिरोकै कारण नारायाणगढ-मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ भने अन्य क्षेत्रका राजमार्गहरुमा समेत पहिरोले समस्या पारेको छ । अाजकाे राजधानी दैनिकमा समाचार छ ।

लगातार तीन दिन भारी वर्षा भए पहाडी जिल्लामा भीमकाय पहिरोको सम्भावना रहेको विज्ञले औंलाएका छन् । केही दिनयताको वर्षाले भूकम्प प्रभावित क्षेत्रमा पहिरो जान थालेको छ । ‘पानीको मात्रा बढी भए जमिनले थेग्न सक्ने अवस्था छैन,’भूगर्भविद् डा नरेन्द्र खनालले भने,’भूकम्पले पहाडै हल्लाएर कमजोर बनाएकाले पानी पर्ने बित्तिकै पहिरो जाने सम्भावना हुन्छ ।’

उनले पहाडै हल्लाएर कमजोर बनाएकाले पहाडै झेरर नदी थुनिने सम्भावनासमेत रहेको बताए । भूकम्पले हल्लाएको जमिन स्थिर नभएसम्म पहिरो जान सक्ने खनालको तर्क छ ।

x