धादिङ्गमा हाम्रो निर्जिवन बिमा सम्बन्धी सम्पुर्ण अधिकार सम्पन्न शाखा हो

Avatar photo
Dhadingpost
बिहिबार, पुस १६, २०७२

sitaramशिखर इन्स्योरेन्स कम्पनि धादिङ् शाखाका सिताराम अर्याल सँग गरिएको कुराकानी
हिजो आज केमा व्यस्त हुनुहुन्छ ?
कुनै पनि संस्थामा आवद्ध भएर जिम्मेवारी वहन गरिसकेपछी उक्त संस्थाको लागि नै समय खर्चिनुपर्ने हुनाले र एक प्रकारको जागिरे जिवन भएकोले अफिसियल काममा नै वयस्त छु साथै आफ्नो दैनिक व्यक्तिगत कार्यहरूले पनि समय वितिरहेको ।
यस क्षेत्रमा कहिले देखि लाग्नुभयो ?
कलेज पढने सिलसिलामा काठमाण्डौ प्रवेश संगै विगत ११ बर्षदेखी शिखर इन्स्योरेन्स कम्पनिमा कार्यरत छु ।
धादिङ जिल्लाकै हुनुहुदो रैछ । तपाई र तपाईको ईन्स्योरेन्स बाट के अपेक्षा लिन सकिन्छ ?
मलाई एउटा कुरा असाध्यै गर्व लागिरहेको छ । म धादिङ्ग जिल्लाकै भएको नाताले यस क्षेत्रमा आएर बिमा सम्बन्धि कार्यक्रम तथा ग्रामिण भेगमा बिमाको बारेमा चेतना वृद्रि गर्न केही हदसम्म सफल भैरहेको छु । जुन मेरो उद्देश्य पनि हो । सर्वप्रथम त शिखर ईन्स्योरेन्स कं.लि मलाई विश्वास गरेर यस जिल्लामा जिम्मेवारी प्रदान गरेको छ ।
आफ्नो जिम्मेवारी संस्थाको हितमा राख्दै ग्राहक सन्तुष्टि तथा बिमा बारे जनचेतना बिस्तारमा अविछिन्न रूपमा क्रियाशिल रहनेछु ।शिखर ईन्स्योरेन्स निर्जिवन बिमा व्यवसायमा सम्पुर्ण पक्षमा सक्षम सवल तथा सेवा प्रदान गर्ने नंम्बर १ कम्पनि सावित भएको छ । हाम्रो व्यवस्थापन, कर्मचारीको दक्षता तथा लगनशिलताले गर्दा हाम्रो कम्पनि आज निरन्तर उकालो लागिरहेको छ। तसर्थ यस्तो राम्रो र सक्षम कम्पनीको कर्मचारिको रूपमा काम गर्दा निकै हौसला तथा आत्मासन्तुष्टी मिलेको अनुभुत भएको छ ।
हाम्रो कंम्पनिको मुख्य उद्देश्य भनेको हाम्रो ग्राहक तथा संबन्धित पक्षलाई खुसी राख्न र बिमा सम्बन्धि जनचेतना बिस्तार गरी आफ्नो व्यवसायिक दक्षता तथा अनुभवलाई उपयोग गदै सदैव बिमा क्षेत्रमा सम्पुर्ण कुराले एक नंम्बर कंम्पनि हुनु हो । बिमामा सबैभन्दा महत्वपुर्ण पक्ष भनेको दाबी भुक्तानि प्रक्रियामा सरलता हो । दाबि भुक्तानिको सवालमा हामी ग्राहकको वास्तविक क्षतिमा झुलाउने काम गदैनौ । हामी यो स्तरमा आउनुमा हाम्रो कंम्पनिको दाबि भुक्तानि प्रक्रिया सहज सरल तथा छिटो हुनु नै प्रमुख कारण हो । हाम्रो कम्पनिले भुकम्पमा क्षति भएको दाबी ९५ % भुक्तानी गरि सकेका छौ ।
तपाईको इन्स्योरेन्स कंम्पनिको बारेमा बताईदिनुस त ?
शिखर इन्स्योरेन्स एउटा स्थापित निर्जिवन बिमा कंम्पनि हो । जुन युवा तथा स्थापित व्यपारिक संगठनहरू द्धरा प्रबद्रित छ । जसमा बैकिङ्ग,हवाई,उत्पादन तथा व्यपारिक घरानाहरू आबद्ध छन् । बिमक र बिमित बिचको पारस्परिक सम्बन्धलाई विश्वासको आधारमा स्थापित गर्दै गुणस्तरिय बिमा सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो।
तपाईको कंम्पनिले के-स्ता कार्यलाई ग्राहयता दिन्छ त ।
गुणस्तरिय बिमा सेवा प्रदान गर्नुनै हाम्रो प्रमुख उद्देश्य भएकोले बिमा क्षेत्रका विद्यमान समस्या तथा चुनौतिलाई अवसरको रूपमा प्रयोग गरी सहरी क्षेत्रमा मात्र नभई देशका विभिन्न ग्रामिण क्षेत्रमा पनि निर्जिवन बिमाको वारेमा चेतना बृद्धि गदै आफ्नो व्यवसाय सञ्चालन गरी बिमा सेवा सुविधा प्रदान गर्नै हाम्रो प्रमुख कार्य हो । जसको लागि हामिले विभिन्न गतिविधि पनि सञ्चालन गदै आएका छौ । लघु बिमाको बिस्तार गरी ग्रामिण भेगमा कृषकहरूमा हाम्रो सेवा प्रदान गर्नु तथा दक्ष जनशक्ति उत्पादन गर्नु हाम्रो ग्राह्रयता अन्तरगत पर्दछन ।
प्रतिस्पर्धाको जमानामा धादिङ्गमा यस कंम्पनिको भविष्य के देख्नु भएको छ ।
तपाईले बडो राम्रो प्रश्न गर्नु भयो प्रतिस्पर्धा बिनाको एकलौटी व्यवसायले कहिल्यैपनि अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन यो जमाना नै प्रतिस्पर्धाको हो । बजारमा रहेका अन्य कम्पनि संग प्रतिस्पर्धा गरि हाम्रो गुणस्तरिय सेवाको माध्यमले हामी ग्राहकको नजरमा राम्रो कम्पनि बन्ने छौ । यस जिल्लामा हामि निर्जिवन बिमा सम्वन्धि सम्पुर्ण अधिकार सम्पन्न शाखा हो ।
जसमा जुनसुकै बिमा गर्न यो शाखालाई अधिकार छ । जस्तै कृषि बिमा मोटर बिमा अग्नि तथा अन्य बिमाहरू छ । दक्ष कर्मचारि,आधुनिक प्रविधि तथा मार्केटमा हाम्रो कम्पनिको राम्रो छविको कारण हामीलाई यस क्षेत्रमा काम गर्न सहज बनाएको छ । धादिङ्ग जिल्ला यस्तो जिल्ला हो जहा प्रतिष्ठित उधोगहरू छन,व्यापक मात्रमा सवारीसाधन छन साथै व्यवसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकहरू छन जो बिमा सुविधा बाट वञ्चित भैरहेको देखिएको छ ।
त्यसैले बजारमा रहेको यस्तो अवसरलाई हामि व्यापक उपयोग गर्दै हाम्रो व्यवसाय बिस्तारमा अग्रसर हुने छौ तर्सथ यस जिल्लामा बिमा व्यवसायको भविष्य उज्वल देखेको छु ।
अन्य इन्स्योरेन्स र यो इन्स्योरेन्समा के फरक पाउन सकिन्छ ?
विमा दुई प्रकारका हुन्छन् जिवन र निर्जिवन, कुनै एउटा कम्पनिले दुबै प्रकारको बिमा गर्नु पाउदैन शिखर इन्स्योरेन्स निर्जिवन बिमा कम्पनि हो । सवै कम्पनीको आ(आफ्नो उद्देश्य हुन्छ । उनिहरूको पनि आ(आफ्नै प्रक्रिया हुन्छ ।सबैले सर्वोच्च निकाय बिमा समितिको अधिनमा काम गर्ने हो । त्यसैले अन्य कम्पनिसंग तुलना गर्नु भन्दा मैले हाम्रो सबल र सक्षम पक्षलाई अगाडि बढाउदै आफैमा शिखर इन्स्योरेन्स हरेक तवरले उत्कृष्ट बिमा कम्पनि भएको जानकारी गराउदछु ।
ग्रामिण भेगका मानिसलाई कसरी सेवा दिदै हुनुहुन्छ ?
यस क्षेत्रमा शाखा बिस्तार गरिसकेपछि हाम्रो प्रमुख उद्देश्य नै लघु बिमा तथा ग्रामिण भेगमा बिमा सेवा बिस्तार गर्ने नै हो । यसै कारण नेपाल सरकारले धादिङ्ग जिल्लामा शाखा बिस्तारको लागि निर्देशन दिएको हो । हाम्रो क्षमता तथा जनशक्तिलाई भरपुर उपयोग गर्दै ग्रामिण भेगका किसान तथा व्यपारीलाई बिमाको दायरामा ल्याउन बिभिन्न कार्यक्रम गर्दै छौ । कृषकहरूलाई बिमा संम्वन्धि चेतना,भेटनरी डाक्टरको नियुक्ती तथा लघुबिमा कार्यक्रम यस अन्तर्गत पर्दछन । यस शाखाको स्थापनाको छोटो अवधिमै हामी यस्ता कार्यक्रम बिस्तारमा तल्लीन छौ । ग्रामिण भेगमा सहज र सरल तरिकाले बिमा सेवा प्रदान गर्न तत्पर छौ ।
आफ्नो क्षेत्रमा आएर बिमा बारे कार्यक्रम बिस्तार गर्ने मेरो ठुलो इच्छा थियो जुन शिखर इन्स्योरेन्सले जिम्मेवारी प्रदान गरेको छ । जसमा अत्यनतै खुशी छु । निरन्तर रूपमा यो पिछडिएको क्षेत्रमा बिमा बारे चेतना बिस्तारमा कोसेढुंगा सावित गर्ने हरपल लागिरहने छु । मैले मेरो भविष्य पनि यो क्षेत्रमा उज्जवल देखेको छु ।