हरिहरसिंह राठौर , धादिङ । छोरी ओममाया लाई ३ वर्ष देखि सदरमुकाममा पढन डेरा लिएर वसेका तिप्लिङ्ग–४ ठुलोगाउंका राप्रपा कार्यकर्ता एवं निर्माण व्यवसायी हेम थापा तामाङ्गको नाम विस्थापित शिविरमा पनि दर्ता छ । सेर्तुङ्ग–८ खर्केका नेपाली कांग्रेसका स्थानीय नेता टासी लामा तामाङ्गको पनि सदरमुकामको रातामाटे शिविरमा नाम दर्ता छ । उनी विगत ४ वर्ष देखि सदरमुकाम डेरा लिएर वसेका हुन । मिलनटोलकै दलित सेवा संघका अध्यक्ष श्याम मगरातीको घरमा झार्लाङ्ग–३ निवासी ३५ वर्षीय सानुमाया तामाङ्ग ३ छोरछोरी संग विगत ५ वर्ष देखि डेरा लिएर वसेकी छिन् । श्रीमानले वैदेसिक रोजगार वाााट हरेक महिना पुगनपुग एक लाख रकम पठाउने गरेका छन् । सानुमाया को दैनिकी हरेक विहान खानपिन गरेर छोराछोरी लाई विद्यालय पठाई सासु ससुराको नाम दर्ता गरिएको अल्छीडा“डाको त्रिपाल कुर्छिन् । दिनभर कसैले राहत दिए सांझपख पोको पारेर डेरा फर्किन्छिन् । उनको दैनिकी यहि भएकोछ ।
हेम , टासी र सानुमाया नक्कली भुकम्प पिडित विस्थापितका नक्कली प्रतिनिधी पात्र हुन । वैशाखमा भुकम्पले वारीपारी पहिरो वाट वच्न गाउंवस्ती छोडेर सदरमुकाम आएका सर्वसाधारणको शिविरमा वस्ती छोडेकै वर्षौ भएका उत्तरी भेकका नागरिकताधारी हरुले पनि फाईदा उठाए । सदरमुकाममा मात्रै हैन विभिन्न पेशा गरि छिमेकी जिल्ला राजधानी, चितवन, पोखरा गएर वस्नेहरु समेत ओईरिए । विगत २०११ सालमा झार्लाङ्गमा गएको नेपालकै ठुलो पहिरो पछि वरपरका ३ सय घर परिवार लाई तत्कालिन सरकारले पश्चिम नेपाल स्थित कन्चनपुरको महेन्द्रनगर वरपर पुर्नवास कम्पनी मार्फत जग्गा दिएकोले भुकम्प पिडित लाई पनि तराईको जग्गा दिने कुरा चर्चा शिखरमा थियो ।
लगातार भुकम्पका पराकम्पन गईनै रहेको वेला यसै पनि वाहिर त्रिपालमा वस्नु पर्ने अवस्था लाई उत्तरी भेकका नागरिकता लिएर सदरमुकाम वसेकाहरुले मनग्गे फाईदा उठाए । वर्षौ देखि सदरमुकाममा विभिन्न होटल , पसल , गरि वसेका हुन वा वसाईसराई गरेका वासिन्दाहरु हुन उत्तरी ५ गाविसका नागरिकता भए पछि सवैघर पुर्ण क्षती, सवै वस्ती पहिरोको जोखिमले वस्नै नमिल्ने अर्थमा वुझेर धमाधाम विस्थापित परिवारमा नाम दर्ता गरियो । वुढा सासु ससुराले वस्ती नछोडे पनि श्रीमान लाई विदेश पठाएर छोरा पढाउने निहुंमा सदरमुकाम डेरा लिएकाहरुले पनि विस्थापित शिविरमै नाम दर्ता गराए ।
जिल्ला स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, महिला विकास लगायतले विस्थापित शिविरमा संचालन गर्ने परिवार नियोजन, महिला हिंसा, हात धुने र खुला दिसापिसाव वारे विभिन्न चेतनामुलक कार्यक्रम संचालन गर्दा अढाई सय घरधुरी विस्थापित रहेको अल्छीडांडा शिविरमा २० जनाको पनि उपस्थिती रहन्न ।
उत्तरी गाविसका ५ गाविसहरु लापा , रीगाउ“, तिप्लिङ्ग, सेर्तुङ्ग, झार्लाङ्ग का आधा वासिन्दाहरुले वस्ती छोडेनन् । भुकम्प पिडितहरु लाई सरकारले जग्गा दिने हल्लै हल्लाले कुनै जोखिम नभएका वस्तीहरु वाट समेत सर्वसाधारण परिवार ओईरिए । पहिरो खस्दा वा भकम्प आउंदा भाग्न नसक्ने हरेक घरका वुढापाकाहरु लाई घर कुर्न छोडेर तरुणी श्रीमती साथमा लिएर विस्थापित भए युवाहरु । यसो त लापाको कपुरगाउं र रीगाउ“का केही वस्ती वाहेक अरु वस्ती लाई पहिलो चरणमा आएका भुगर्भविद् हरुले सिफारिस गरेका थिएनन् ।
सदरमुकामका निजी तथा सार्वजनिक स्थानहरुमा शिविरको व्यवस्थापन गरियो । जिल्ला दैवी प्रकोप लगायत विभिन्न संघसंस्थाहरुले राहतका नाममा ग्यास र चुल्हो समेत वितरण गरे । सेनेटरी प्याड र कण्डम सम्म वितरण गर्न छोडेनन् दाताहरुले । अस्थायी शिविरम निर्माण भन्दै हजारौं जस्तापाता र लाखौं मुल्य वरावरका टेन्ट समेत दिए । विशेष गरि उत्तरी धादिङ्गका वासिन्दाहरु क्रिश्चियन धर्ममा रुपान्तरण भएकाले क्रिश्चियन संस्थाहरुको चहलपहल पनि निकै वढ्यो, उत्तरी दुर्गम भेक जानुको साटो उत्तरी वस्ती लाई सदरमुकाममै ल्याएर राहत दिने प्रतिस्पर्धा चल्यो । वर्षात समाप्त हुन्जेल साउन महिना सम्म पनि जोखिमपुर्ण स्थिती नभएकै वस्तीहरु वाट पनि स्थानीयवासीहरु ओर्लिए । विस्थापितहरु ओईरिन राजनैतिक दलहरुकै पनि प्रतिस्पर्धा चल्यो । अन्त्यमा नेकपा माओवादी विप्लव समूहले समेत ल्याएर रानीवन सामुदायिक वनमा कव्जा गरि शिविर स्थापना गरयो । ऐतिहारिक भैरवी मन्दिरको १२ रोपनी गुठी खेतमा विप्लव समूहले कव्जा गर्न लाग्दा स्थानीयवासीहरुले विरोध गरे पनि उक्त योजना तुहियो ।
सदरमुकाममा डेरा लिएर वसेका राजनैतिक दलहरुका अगुवा कार्यकर्ताहरुले फोन गर्दै आ आफना टोल र वडा लाई वोलाउन थाले पछि १४ सय परिवार विस्थापित हरुको १२ वटा अस्थायी शिविर खडा गरियो । हप्तै पिच्छे राहत वितरण गरियो । त्रिपालवस्तीहरुमा अनुगमन नगरिएको फाईदा उठाउंदै डेरा मा वसेकाहरु दिनभर राहत लिन शिविरको त्रिपालमा राती पुरानै डेरामा फर्कन थाले । सांझपख धनसारवेंसी वाट मिलनटोल र शान्तवजार, पुछारवजारमा डेरा झर्नेहरुको लामै लाग्थ्यो । नक्कली विस्थापितहरु लाईत डेरा र विस्थापित शिविरको दुरी ५ मिनेटकै वाटो भए पनि झनै सहज भयो । विहानै उठेर शिविरको त्रिपालमा १ जनाको उपस्थिती देखाए भयो ।
उत्तरी भेकका सवै तामाङ्ग सुमुदाय एकआपसका ईष्टमित्र कसैले विरोध जनाउने पनि कुरै भएन । ‘ जिल्ला सदरमुकाम वस्ने नेताले सवै लाई घडेरी दिन्छ भनेर फोन गरे पछि ९९ घरधुरी मध्य वुढापाका लाई घरमै छोडेर युवा दम्पतीहरु मात्रै जेठ महिनामा आएर अल्छीडांडामा रहेको खेलकुद मैदानमा आएर शिविर स्थापना गरि वसेको ’तिप्लिङ्ग–९ हिन्दुङ्ग वाट आएर शिविर व्यवस्थापन समितीमा चयन भएका टोकमान तामाङ्ग वताउंछन्् ।
दशैं र तिहार नमनाउने यो समुदाय लाई तिहार लगत्तै घर फर्काउन जिल्ला विपद् व्यवस्थापन समितीले छलफल चलाएको थियो । विस्थापित हरु मध्य ढोला ७ मा लापा वाट विस्थापित भएका ५६ घरधुरी लाई यौटा दाताले १७ रोपनी जग्गा खरिद गरि घर निर्माण गरि दिने प्रकृया अघि वढाए पछि अन्य स्थानमा वसेका विस्थापितहरु आनाकानी गर्न थालेका छन् । सरकारी रेकर्डमा कटुन्जे, ढोला र नगरपालिकाका ५ स्थान समेत ९ सय ५५ घरधुरीका ४ हजार ९ सय ५ जना शिविरमा वसोवास गरि रहेको उल्लेख छ । तर यतार्थमा त्यसो छैन अधिकांस सदरमुकामकै विभिन्न डेरा र आफनै घरमा वस्दै आएका छन् ।
धेरै जसो विस्थापित हरु दशैं अगावैै फर्कनेक्रम शुरु भैसकेको थियो । गत २ हप्ता अघि उत्तरी भेकका तिप्लिङ्ग लगायतका ३ गाविसका ८ सय ४ घर लाई घर फर्कने लाई ७ हजार ५ सय नगद वितरण गरिए पनि उनीहरु हाल सम्म फर्केका छैनन् । जिल्लामा भुकम्प पछि पुर्ननिर्माणमा सघाउन धादिङ पसेको वल्र्ड भिजन नेपालले नगद रकम पाए पछि विस्थापित हरु घर फर्केको रिपोर्ट दातृ संस्था डिएफआईडि लाई रिपोर्ट वुझाए पनि विस्थापित घर फर्केको भरपर्दो प्रमाण दिन सकेन । डिएफआईडिका प्रतिनिधीहरु रकम वितरण गरेको एक हप्ता पछि गत बुधवार धादिंङ सदरमुकाम पुग्दा विस्थापितहरु शिविर र डेरामा आउने जाने गरेकै फेला पारयो । घर फर्कन नगद रकम वुझेको भर्पाई गरेका विस्थापितहरुले शिविरमा हैन पुनः डेरामै फर्केर उक्त रकम डेराभाडा तिर्न मा प्रयोग गरेका छन् । वितरण गर्ने संस्था वल्र्ड भिजनले विस्थापित फर्के नफर्केको वास्तविकता अनुगमननै नगरि दाता डिएफएआईडि लाई झुक्क्याएकोछ ।
‘शिविर पनि त्रिपाल वाट जस्तापातामा परिणत भै सके पछि हरेक विस्थापित परिवार संग थुपै्र सामान भएकोले फर्कन पनि कठिनाईछ , सवै दाताहरुले दिएका यौटै परिवार संग कम्तीमा ३५ वटा कम्वलहरु छ । ’तिप्लिङ्गका गाविस कार्यालय सहायक वुद्धि थापा तामाङ्गले वताए । ‘शिविर अनुगमन गरि वास्तविक नक्कली र सक्कली विस्थापितको पहिचान गरौं भन्दा जिल्ला विपद व्यवस्थापन समितीको वैठकमा कसैले कुरै सुन्दैन । सवैलाई आ आफ्नो राजनैतिक स्वार्थ र मतदाताको माया छ ’ जिल्ला स्थित नेपाली काग्रेसका अध्यक्ष रामनाथ अधिकारी वताउंछन् ।
एकातिर उत्तरी भेकमा विभिन्न संघसंस्थाहरुले अस्थायी आवास निर्माण भनेर भुकम्प पछि वढेका घरधुरी समेत लाई जस्तापाता, परिवार संख्या अनुसार हेलिकप्टर वाट खाद्यान्न , अस्थायी विद्यालय, गोरेटोवाटो, कामको लागी खाद्यान्न, संचालन गरि रहेका छन् । वस्तीका यौटै घरका आधा परिवार गाउंमा वस्न नसकिने भन्दै सदरमुकामा राहत माग गरि रहेका छन् । ‘वस्तीमा पनि विस्थापित भएर गएको संख्या समेत जोडेर पुरै परिवार संख्या लेखिएको छन भने शिविरमा पनि घरमै वसेका पुरै परिवार संिख्या लेख्नु परे पछि उत्तरी भेकमा राहत पाउने जनसंख्या दोव्वर देखिन्छ ’ जिल्ला विपद् व्यवस्ूथापन समितीका सूचना अधिकृत भोला गौतमले वताए । जिल्ला विपद् व्यवस्थापन समितीलाई हरेक पटक विस्थापित शिविरको नामावली अपडेट गर्दा हरेक पटक नयां नाम र घरमुलीको नयां अनुहार आउने गरे पछि धौ भएको गौतमको दावी छ ।
विस्थापितहरु फर्कन नदिन केही संघसंस्थाहरुले समेत उचाली रहेको अवस्था छ । ‘सदरमुकाम वरपर जसरी पनि जग्गा खोज्नुस , घर निर्माण हामी गरि दिन्छौं’ भन्ने आस्वासन पाए पछि डेरा लिएर वसेका अगुवाहरु फर्कने विस्थापितहरु लाई पनि अवरोध गर्ने गरेको तिप्लिङ्ग ४ ठुलोगाउंका डेभिड घले वताउंछन् । घलेका अनुसार ‘सदरमुकाम वरपर ३ सय रोपनी जग्गा किनेर सामुहिक आवास गराई दिने चर्चा समेत चलाएका छन् धार्मिक संस्थाहरुले , तर एकमुष्ठ जग्गा नपाएर कुरा अडकिएको छ ’ ।
विस्थापित लाई घर फर्कने वातावरण अनुकुल वनाउन विस्व खाद्य कार्यक्रमले उत्तरी भेकका प्रति परिवार १ जनाले ४ महिनामा ४० दिन काम गरे वापत १ सय ५० केजी चामल र २७ केजी दाल दिने व्यवस्था मिलाएकोछ । उत्तरी वस्तीका विस्थापित परिवार मध्यकै वुढपाका आएर भुकम्पले क्षतीग्रस्त ग्रामिण गोरेटोहरु निर्माण कार्य थालि सकेका छन् ।
जिल्ला विपद व्यवस्थापन समितीको हरेक १५ दिने वैठकमा विस्थापितहरु लाई ससम्मान आ आफनो गाउंमा फर्काउने चर्चा चल्छ । ‘तर सदरमुकामवासी कथित विस्थापित अगुवाहरु वैठकमै आएर सहभागीहरु लाई धम्क्याउ“छन् । नेताहरुले जोड दिन सक्दैनन् ’वैठकमा सहभागी एक जना कार्यालय प्रमुखले वताए ।
विस्थापितहरुले सदरमुकाम नछोडे पछि दैनिक उपभोग्य वस्तुको चरम अभाव भएको, महंगी वढेको, गुण्डागर्दी लगायत असामाजिक कृयाकलाप वढेको, चोरी वढेको भन्ने समेत स्थानीयवासीहरुले उजुरी ल्याएर जिल्ला प्रशासन धाएका पनि थिए ।
‘पुर्नर्मिाण प्राधिकरणको गठन वारे भएको ढिलाईले सामुहिक आवासको प्रकृया अगाडी वढाउन सकिएको छैन । विस्थापितहरु लाई संवन्धित गाविसमै उपयुक्त स्थानको खोजी गरि सामुहिक र व्यवस्थित आवास निर्माण गरेर फर्काउने लक्ष्य जिल्ला विपद व्यवस्थापन समितीले लिएकोछ । ’ जिल्ला विपद व्यवस्थापन समितीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी दिपक काफलेले वताए । प्रकाशित कान्तिपुर दैनिक