थाहै नपाई उडीदीन्छ चरी रैछ यो जीन्दगी

Avatar photo
Dhadingpost
मंसिर १९, २०७२

sargamकैले रित्तै रित्तै हुन्छ कैले भरी भरी यो जीन्दगी
छटपटाउदै पिडा बोकी घरी घरी यो जीन्दगी

मानव जीवन अती छोटो झनै छोटा खुशीहरु
कसैलाई मोजमस्ती छ कसैलाई शोख छ थरी थरी यो जीन्दगी

कोही गर्छन आत्महत्या जीवनदेखी हार खाएर
सफलतामा पुग्छन कोही सरी सरी यो जीन्दगी

सघर्ष गनुपर्छ सफलतामा पुग्नलाई
सयौ नदी कट्नुपर्छ तरी तरी यो जीन्दगी

कैले घाम लाग्छ कैले बादलले ढाकीदीन्छ
हिड्नुपर्छ रुझेर झरी झरी यो जीन्दगी

रमाउन सकेको छैन मान्छे ठूला ठूला महलमा पनी
कोही रमाको छ झुपडीमा दुख गरी गरी यो जीन्दगी

कसैलाई सुन्दर फूल छ जीन्दगी कसैलाई बिज्ने काँडा छ
बाचेको छ कोही मरी,मरी यो जीन्दगी

कैले फूल झरिदिन्छ नफूल्दै सपनाहरु
थाहै नपाई उडीदीन्छ चरी रैछ यो जीन्दगी

सरगम राना
संचारकर्मी, रेडियो बिहानी धादिङ