गजल

Avatar photo
Dhadingpost
कार्तिक १४, २०७२

pradip
यो तिहारमा घर आउनु दादा भन्दै छिन,
मेरो हातको टीका लाउनु दादा भन्दै छिन,
,,
पोहोर पनि खाली बसे यी मेरा हातहरु,
यसपाली त निधार रङ्गाउनु दादा भन्दै छिन,
,,
आउनै लाग्यो भाइ टीका बिदा छ कि छैन,
खुल्दुली छ छिट्टै बताउनु दादा भन्दै छिन,
,,
ढकमक मखमली र सयपत्री फुलेका छन,
माला लगाइ घाँटी सजाउनु दादा भन्दै छिन,
,,
आउनु पर्छ जसरी नि पर्खाइमै हुन्छौ हामी ,
म एउटि बहिनि नरुहाउनु दादा भन्दै छिन,

प्रदिप पोखरेल
धादिङ