धादिङ । पृथ्वी राजमार्ग स्थित पिण्डा घाटबेसीमा देखिने यी बाजे ७१ वर्ष भए । दिन भर चौतारामा बस्छन् चौतारामा बस्न आउनेले केहि दिए, खान्छन् । रात परेपछि बन्द सटर अगाडी पेटीमा सुत्छन् ।
धादिङ कुम्पुर गाविस–७ पिपलटार निवासी यी ७१ वर्षिय रामबहादुर सेढाईका तीन भाई मध्य उनी जेठा भाई हुन् अरु दुईभाई पिपलटार मै बस्दै आएका छन् तर उनी भने सहारा दिने कोहि नभए पछि चौतारमा बस्दै आएका छन् । उनको १ सन्तान छोरोको ८ वर्षको उमेर मै मृत्यू भयो भने छोरोको मृत्यू पछि श्रीमती पनि पोईल गईन् । अनि भौतारिन बाध्य छु । भाईहरुको नागरीकता बनेको छ तर मेरो किन बन्दैन कम्तीमा नी नागरीकता बनाई दिए दिनको १० रुपयाँको खाजा खान पाउँथे मलिन स्वरमा हामीलाई दुख पोखे ।
किन नबनाउनु भएकोे त नागरीकता भन्ने हाम्रो प्रश्नको बेदना छुट्टै छ उनको– पहिला किन चाहियो र अहिले बृद्धा भत्ताको लागि चाहियो, बनाउन कहाँ जाने कसरी बनाउने धादिङबेसी गएर कहाँ बस्ने समस्या छ म बुढोलाई कसैले सहयोग गरेर नागरीकता बनाई दिएन ।
उनले हामी सँगको कुरा कानीमा भएको सम्पतिको नाममा १ हलको मेलो लाग्ने जग्गा थियोे अहिले त्यो पनि भाईहरुले खेती गर्दै आई रहेका छन् । मेरो सहारा कोहि छैन सडकमा बस्छु बोरा ओछ्याउँछु बोरै आड्छु कसैले केहि दयाले दिन्छन् त्यहि खाए र बाँचेको छु । भुकम्प पिडितको नाममा आएका आएका राहात सामाग्री पनि नगरीकता छैन कसैले वास्ता गर्दैनन् कम्सेकम यो बुढोलाई १ सेट कपडा र केहि राहात दिन पनि नगरिकता चाहिन्छ त बाबु ? आँखा भरि आँसु पार्छन् । कहिले काहिँत यत्रो त्रिशुली बगेको छ त्रिशुली सँगै बगेर जाउँ कि जस्तो लाग्छ तर फेरि मर्न आँट आउँदैन ।
चौतारामा २ वटा फलफुल पसल पनि राखिएको छ अलि बढि नै बटुवाहरुको जमघट हुनेहुनाले पसल पनि रामै चलेका छन् कहिले काहि कुईरे आउँछ यी बृद्धाको अवस्था देखेर पैसा दिएर जान्छन् । यसै गरि बाँचेका छन् यी बृद्ध पसललेले बताए ।
काम गर्न सक्दिन, राम्रो सँग कान सुन्दिन हात गोडा पनि भने जस्तो चल्न छोड्यो सरकारले पनि मलाई केहि सहयोग गरेन भन्छन् ति बृद्धा सेढाई ।