बैशाख १२ को विनाशकारी भूकम्पबाट पर्यटन क्षेत्र पनि अछूतो रहेन । पर्यटन प्रकृति र संस्कृतिसँग बढी सम्बन्धित हुने भएकाले भूकम्पको सबैभन्दा ठूलो असर देखिनु स्वभाविक हो । पर्यटन क्षेत्रमा कुल मध्ये ४० प्रतिशत क्षति पु¥याएको देखिन्छ । कतिपय होटलमा कम असर परेपनि ट्रेकिङ ट्रायलमा, र वल्र्ड हेरिटेज साइटहरुमा अलि बढि असर छ । ९० प्रतिशत होटलहरु सुरक्षित छन् । ट्रेकिङ ट्रायलमा लाङटाङ भित्र एउटा लाङ्टाङ भिलेज क्षतिग्रस्त बनेको छ । त्यसभन्दा अन्य ठाउँहरु प्रचारमा आए जस्तो क्षतिग्रस्त छैनन् । बाटो बनेपछि हामीले त्यो भन्दा माथि पनि टुरिस्ट लैजाने सकिन्छ । सो क्षेत्रमा लज, टि हाउस ट्रेकिङ चलाउन सकिदैन तर भोली क्याम्पीङ चलाउन सकिन्छ ।
एभरेष्ट क्षेत्रमा बेस क्याम्पमा हिउ परेको छ । र अनि मनासलु क्षेत्रमा अलि धेरै लजहरु भत्किएका छन् । हामीले चलाइरहेको समग्र टुरिजमको ठूलै ट्रायल भत्किएको होइन । यो त अफसीजन हो । सेप्टेम्बरबाट मात्रै सिजन लाग्छ । रेनी सिजन पछि टुरिस्ट पठाउन सकिने स्थानहरुका विषयमा आंकलन गर्न सकिन्छ । लगभग पपुलर क्षेत्र भनेको एभरेष्ट, अन्नपूर्ण र लाङटाङ हो । त्यसमा अन्नपूर्ण सुरक्षित छ । एभरेष्ट थोरै ड्यामेज छ । त्यो बाहेक रोल वालिङमा अलि बढि असर परेको छ । दुईवटा ठूलो नेश्नल पार्कमा चितवन सिंगै राम्रो छ । बर्दिया राम्रो छ । एभरेष्ट नेश्नल पार्कमा थोरै असर परेको छ । काठमाडौं उपत्यकाका वल्र्ड हेरिटेज साइट सात वटा छन् । ति सबै सुरक्षित छन् । कल्चरल हेरिटेजमा पर्यटक लानै नहुने होइन बाँचेको ठाउमा लान सकिन्छ ।
भत्केको लाई पनि टुरिजम बनाउन सकिन्छः
अन्य देशहरुले भग्नावशेषमाथि पर्यटनको विकास गरेका छन् । ति देशहरुमा भत्केको ठाउँलाई घेरिएर राखिएको हुन्छ । त्यसलाई घेरेर राखिएको हुन्छ । त्यहाँ पर्यटक आउने गर्छन् । हामीले भत्केको धरहरालाई घेराहालेर राख्यौं भने त्यहाँ टुरिस्ट आउन सक्छन् । उनीहरुलाई धरहराको विगतबारे जानकारी गराउने व्यवस्था हुनुपर्छ । धेरै राष्ट्रहरुमा युद्धपछि डिस्ट्रोय गरेका स्थानहरुमा पर्यटनको विकास भएको छ । त्यतिखेर प्रयोग गरिएका हतियारहरु, म्युजियममा राखेर टुरिजमको विकास गरेका छन् ।
नेपालमा धेरैवटा ट्रेकिङ ट्रायलहरु छन् जुन एक्सप्लोर भइसकेका छन तर त्यहाँ पर्याप्त मात्रामा पर्यटक लान सकिएको छैन । उदाहरणको लागि गणेश हिमाल,रुभी भ्याली, फारवेस्टको खप्तड लगायतका धेरै ट्रायलहरु हामीले एक्सप्लोर गरेका छौं । सुदुरपश्चिमले आफूलाई पछि पारेको प्रति राज्यसँग गुनासो गरिरहेको छ । टुरिजमले पनि पछि पार्यो भनिरहेको छ । एभरेष्ट अन्नपूर्ण,लाङटाङ जत्तिकै रमाइला ठाउँहरु हुँदा पनि टुरिस्ट नगएको गुनासो छ । हो, हामीले फारवेस्टलाइ प्रोमोट गर्न सकेनौ।
पर्यटनले छिटै निम्न स्तरको जनताको जीवनस्तर उकास्न सक्छ । हामीले धेरै टुरिस्ट नगएको ठाउँमा फोकस गर्न सकियो भने, नयाँ ठाउँहरुमा जो गरिब छन्, त्यस्ता ठाउँहरुलाई एउटा अवसर पनि हुनसक्छ । त्यस्ता ठाउँहरुलाई माथि उकास्नको राज्यको महत्वपूर्ण भूमीका हुन्छ ।
नेपालमा यस्ता ठाउँ र हिमालहरु छन्,जहाँ पर्यटक पुग्न सकेका छैनन् । ती नयाँ ठाउँहरु पनि यतिबेला अवसर बनेका छन् ।
हामीले हाम्रो टुरिजमलाई डाइभर्ट गर्ने बेला पनि भएको छ । केही क्षेत्रका स्थानीयहरुले ठूलो बेनिफिट लिइरहेको छन् । जस्तै
सगरमाथा क्षेत्रमा जग्गा महँगो छ । ठमेल र नाम्चे बजारको जग्गाको भाउ उस्तै छ । तर नाम्चेबजार जत्तिकै रमाइला ठाउँहरु अन्य पनि छन् तर मूल्य नै छैन । त्यहाँ पर्यटठक लान सके मूल्य बढ्छ ।
अहिले यसको प्रचार गर्ने राम्रो अवसर पनि हो । जहाँ हामीले प्रचार गर्यो, त्यही ठाउँमा नै पर्यटकहरु जाने हुन् । अन्नपूर्ण, एभरेष्ट, लाङ्टाङ पहिले नै चर्चित बनिसकेका छन् । र अहिले हामीलाई त्यता अलि कम सेफ छ, यता जाउ न त भन्न पनि सजिलो भएको छ।
राज्य के हेरेर बसीरहेको छ ?
राज्यले अन्तर्राष्ट्रिय मिडिया मार्फत नेपाल सेफ छ है भन्दै अंग्रेजीमा प्रेस विज्ञप्ति जारी गर्नुपर्छ । हाम्रो देशमा अवैतनिक राजदुतहरु छन् । जसले अरु देशलाई प्रतिनिधित्व गर्छन् । उहाँहरुले नेपालको वास्तविकताको बारेमा बोलिदिनुपर्छ । अहिले मिडियामा जे प्रचार भइरहेको छ, त्यति बिधि भएको छैन है भन्नुपर्छ । हामी पनि सुरक्षित नभएको ठाउँमा पर्यटकहरुलाई आउ भन्दैनौँ । भोली हामीलाई पनि रिस्क छ । अहिले भूकम्पमा मृत्यु भएका मानिसहको शव, भत्किएको घर, रोइरहेको मान्छेहरुको अनुहार अन्तर्राष्ट्रिय मिडियाहरुले प्रचार गरिरहेका छन् ।
सुरुमा त्यो ठिक थियो किनभने हामीले यसबाट फन्डराइजिङ गरेर नेपालमा धेरै रकम ल्याउनु थियो। अब भने सबै ठाउँ भत्किएको होइन रहेछ। जम्मा ९ हजार मात्रै मृत्यु भएको कुरा त्यति ठूलो क्षती होइन । यहि तरिकाले प्रचार गर्न जरुरी छ । त्यही प्रचारको आधारमा पर्यटक नेपाल आउने हुन् । मिडियाले, कुटनीतिक क्षेत्रले, टुरिजम बोर्डले, सबैले यही तरिकाले सोच्न जरुरी छ ।
रिबिल्डिङ टुरिजम प्रोजेक्टको अवसरः
यतिबेला पुर्ननिर्माण (रिबिल्डिङ) टुरिजम प्रोजेक्ट आवश्यक छ। यसलाई दुई तरिकाले बुझ्न सकिन्छ । एउटा उ स्वयंसेवकको रुपमा आउँछ । उदाहरणको लागि गोरखाको एउटा गाउँमा ५० घर बनाउन ५० जना पर्यटक आएभने उनीहरु पैसा बोकेरै आउछन् । त्यहाँ जान उनीहरुलाई टेन्ट, खाना, बोल्ने मान्छे (ट्रान्सलेटर) चाहिन्छ । त्यो अवस्थामा टुरिजम पनि हुन्छ । ट्रेकिङ कम्पनीले त्यस्तो कार्यक्रमको आयोजना गर्छ,त्यसले पुर्याउने फाइदा भनेको त्यो ठाउँलाई हो । यसको अनौपचारिक प्राक्टिस त भइरहेको छ ।
अहिले यहाँ एमर्जेन्सी रिलिफ मात्र छ, यस्तो रिलिफहरु प्रायः वेल वर्गनाइज भने हुँदैन । यस्तो अवस्थामा उनीहरुले आफ्नै देशबाट अर्गनाइज गरेको हुन्छ । रिबिल्डिङमा भने उनीहरु अलि रिल्याक्स किसिमले आउने गर्दछन् । सेफ हुने र अलिअलि होलिडे पनि हुन्छ। सहयोग पनि गर्ने किसिमले आउने गर्दछन् । यसले राज्यलाई पनि फाइदा पुर्याउने गर्दछ भने स्थानीयलाई त पुर्याउने नै भयो । घर पनि बन्छ, पैसा पनि भित्रिन्छ । ट्रेकिङ कम्पनी र स्थानिय दुवैलाई फाइदा हुन्छ । यस्तो अवस्थामा पर्यटकलाई हामीले यदि तिमीहरु मनोरञ्जनको लागि नेपाल आउन सहज महसुस गर्दैनौ भने, रिबिल्डिङ प्रोजेक्टमा आउ भनेर आह्वान गर्नसक्नुपर्छ । त्यो गर्ने राज्यले नै हो । नेपालको वास्तविकता बुझ्ने पर्यटक आफु आउँछन् अरुलाई पनि पठाउँछन। नयाँ पर्यटकहरुले त मिडिया हेर्छन् । ट्राभल एड्भाइजरी हेर्छन् । त्यसको कन्सुलरलाई सोध्छ, विभिन्न कमेन्टहरु हेर्छ, टेलिभिजन हेर्छ । नेपाल कत्तिको सेफ छ भनेर बुझ्ने गर्छ ।
ट्रेकिङ कम्पनिलाई किन भ्याट ?
हामीले पर्यटनमा छिमेकी मुलुक चीन र भारतसँग प्रतिस्पर्धा गरिरहेका छौँ । भारतले नक्कली प्रचारहरु धेरै गरिरहेको छ। लुम्बिनी बनाएको छ, कहिले बुद्ध हाम्रो देशमा जन्मिएको भन्छ । कहिले नेपाल सेफ छैन भन्छ, नेपाल नजाउ भनेर नेपाल आउन चाहेका पर्यटकलाई पनि उतैतिर डाइभर्ट गर्छ । अहिले ट्याक्स हेर्ने भने चीन र भारतको टुरिजम ट्याक्स अथवा अन्तर्राष्ट्रिय टुरिजम ट्याक्स तुलनात्मक रुपमा नेपालको भन्दा सस्तो छ । विशेषगरी ट्रेकिङ कम्पनी भ्याट नलाग्ने कम्पनी हुनुपर्ने हो तर त्यस्तो छैन। किनभने ब्यापारको १३ प्रतिशत तिर्नुपर्छ भनिएको छ यो सिजनल व्यावसाय हो । अहिले २० लाखको ब्यापार भयो भने अर्को हप्ता १० लाखको पनि नहुनसक्छ । हाम्रोमा , ट्रेकिङ कम्पनीलाई २० हजार डलरको ब्यापार भयो भने भ्याटमा जानुपर्छ भनेको छ। मानौँ,मेरो ३० हजार डलरको ब्यापार भयो यो महिनामा, म भ्याटमा गएँ अहिले तर अर्को सिजनमा मेरो १० हजारको मात्र ब्यापार भयो र पनि मैले भ्याट तिर्नुपर्यो भने त म डुब्छु। त्यसो गर्नुको सट्टा सरकारले ब्यापारको हिसाबमा निश्चित ट्याक्स लगाइदियो भने पाँच हजार डलरको पनि ट्याक्स तिर्छु । ५० हजार डलरको पनि ट्याक्स तिर्छु । यस्तो प्राक्टिस अन्तर्राष्ट्रिय स्तरमा छ । यहाँ भने ट्रेकिङ कम्पनीलाई पनि भ्याट लगाएको छ जुन वैज्ञानिक छैन । एउटा टुरिजम ट्याक्स भन्ने छ, त्यो मात्र लगाउनुपर्यो भनेर हामीले भनेका थियौँ । त्यो पहिलेको कुरा भयो । अहिले त नेपाल सेफ छैन भनेका छन् । अनि महँगो ट्याक्सले प्याकेजमा जाँदा टुरिस्टलाई पनि महँगै पर्छ । त्यस्तो अवस्थामा टुरिष्ट नआउन सक्छ । त्यसकारण याकेज भारत र चीनभन्दा सस्तो बनाइदिनुपर्छ त्यसको लागि ट्याक्स कम गर्ने नै विकल्प हो । किनभने विदेशीले पैसा पनि हेर्छ । सबै पर्यटकले सुरक्षा मात्र हेर्दैनन्, कोही त पैसा नभएका पनि हुन्छन् । त्यसकारण पूर्ण सुरक्षित पनि छैन, पैसा पनि महँगो छ भने ‘म किन जाने नेपाल ? त्यसको सट्टा त भारत नै जान्छु अथवा चीन जान्छु, त्यहाँ सुरक्षित पनि छ र सस्तो पनि छ’ भन्न सक्छन् । यस्तो अवस्थामा के गर्ने ?
हामीले पनि आफ्नो नाफा केही प्रतिशत कटौती गर्ने, राज्यले हामीले किन्ने सामानहरुमा ट्याक्स फ्रि गरिदिनुप¥यो । त्यो केहि समयको लागि हो । कम्तीमा टुरिजमले पिक अप नलिएसम्म एक वा दुई वर्षसम्मको लागि ट्याक्स भ्याट फ्रि गर्नुपर्छ । अहिलेको लागि भिसा फ्रि गरिदिए न पर्यटकहरु आउँछन् ।
भूकम्प जाँदा जाँदै धेरै पर्यटकहरुले महँगो शुल्क तिरेर मनास्लुजस्ता हिमालहरु चढ्दै थिए, एभरेष्ट चढ्नेले प्याकेजमा कम्तीमा पनि ३० देखि ५० हजार डलरसम्म तिर्ने गर्दछन् । महँगो शुल्क तिरेर एभरेष्ट चढिरहेका मानिसहरुलाई भूकम्पले मर्कामा पारेको छ, उनीहरुले आफ्नो यात्रा पनि पूरा गर्न पाएनन्, बेस क्याम्पबाटै फर्किनुपर्यो, उनीहरुलाई एकपटकका लागि नेपाल आउ पर्मिट फ्रि गरिदिन्छौँ एभरेष्टको अथवा मनास्लु चढ्नको लागि पर्मिट फ्रि गरिदिन्छौँ भनेर भन्न सक्नुपर्छ । त्य रेकर्ड हेरेर जो जो सगरमाथा चढ्नको लागि भूकम्पको बेला नेपाल आएका थिए उनीहरुलाई फ्रि पर्मिट र फ्रि भिसा गरिदिने व्यवस्था हुनुपर्छ। यसो गर्दा पनि पर्यटकहरु आउँछन् । नेपाल आइसकेका उनीहरुलाई माया पनि छ, मैले पूरा गर्न पाइनँ एकपटक गर्छु भन्ने उनीहरुको मनमा पनि परेको हुन्छ । अहिले टुरिजम कम भइरहेका बेला यो तरिका निकै लाभदायक हुन्छ । अहिले सरकारले यसको आह्वान गरिदिए मात्र पनि पुग्छ । सरकारसँग यसको डाटा छ, बिस्तारै भेरिफाई गर्न सक्छ ।
कम्तीमा पनि ६ महिना व्यापार भएन भने हामीले के गर्ने ? सहुलियतमा ऋण दिनुपर्छ ।
कृपासुर शेर्पासँग के आशा गर्नु ?
सरकार छिट्टै परिवर्तन हुने कुरा कुनै पनि क्षेत्रमा राम्रो होइन–टुरिजमलाई पनि राम्रो होइन । एउटाले प्लान बनाउने भ्याएको हुँदैन, अर्को आइहाल्छ, त्यसलाई लागु गर्न नपाउने कुरा हुन्छ ।
नयाँ मन्त्रीको बारेमा कमेन्ट छैन, किनभने उहाँ भर्खर आउनुभएको हो । उहाँले कति काम गर्नुहुन्छ त्यो हेर्नै बाँकी छ ।
मलाई नयाँ मन्त्रीसँग त्यति धेरै आशा लागेको छैन । किनभने त्यसकै निरन्तरता हो, केही आमुल परिवर्तन भएर आएको मन्त्री होइन । यहि व्यवस्थाभित्र, त्यही पार्टीभित्रको, त्यहि संयन्त्रले एउटा मन्त्री फेरिदिएको हो । यतिबेला मैले यस्तो गरेँ भनेर देखाउने एउटा अवसर पनि छ । टुरिजममा पनि लगानी गर्ने थुप्रै दातृ निकायहरु छन्, हेरिटेज साइटहरुलाई युनेस्कोले लगानी गर्छ, यो बेलामा मन्त्रीज्यूले सही योजना बनाएर, सरोकारवालाहरुसँग कोअपरेसन गर्नसक्यो भने निकै राम्रो हुन्छ । सरकारले त्यति ठूलो रकम पनि खर्च गर्न नपर्ने र यसको पुर्ननिर्माण पनि हुने राम्रो अवसर छ । यो एउटा अवसर हो, यसलाई उहाँले क्याच गर्नसक्नुपर्छ भन्ने लाग्छ । कत्तिको हेर्नसक्नुहुन्छ त्यो हामीले हेर्नै बाँकी छ । नेपालमा के छ भने, मन्त्रीहरु आउँछन्, उनीहरुले पर्यटन बुझेकै हुँदैन, उनले आफ्नो स्वकीय सचिव अथवा नजिकका मानिसहरु पनि राजनीतिक पृष्ठभूमीबाटै ल्याउँछ । कम्तीमा मन्त्रीहरुले पार्टी समर्थक नै ल्याएपनि पर्यटन बुझ्ने व्यवसायीहरुलाई ल्यायो भने पर्यटन क्षेत्रमा केही राम्रोको आशा गर्न सकिन्छ ।
फेरि टुरिजमलाई अब यसरी बुझौँः
हामीले टुरिजम भन्ने बित्तिकै पदयात्र, ट्रेकिङ भन्ने बुझ्ने गर्दछौँ तर यस्तो होइन । भूकम्पमा पनि कस्तो टुरिजमको विकास गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । हामीसँग धार्मिक पर्यटन पनि हुनसक्छ । भारतबाट नजिकै भएका कारण त्यहाँका पर्यटकलाई डाभसर्ट गर्न सकिन्छ । अर्को भनेको ‘स्टडी टुरिजम’ पनि हुनसक्छ । भूगर्भविद्हरु पनि नेपालमा आएर अध्ययन गर्न सक्छन् । धेरै देशहरुले नेपालको बारेमा चासो पनि देखाइरहेका छन् । नेचरलिष्टहरु जसले नेशनल पार्कको अध्ययन गर्न आइरहेको छन् । नेपाल भूकम्प अगाडि कस्तो थियो र अहिले कस्तो छ भन्ने कुराको पनि धेरैले अध्ययन गर्न सक्छन् । विदेशबाट मौसम विज्ञहरु आउन सक्छन् ।। अहिले सरकारले नेपालमा यस्तो छ, आउ अध्ययन गर भनेर आह्वान गर्छ ।सहज अवस्थामा उनीहरुलाई त्यहाँसम्म जाने वातावरण मिलाउन सके त्यो पनि टुरिजम हुन्छ ।
टुरिजममा आशाका बिम्ब
भूकम्प पछिको देश म टुरिजममय त भन्न सक्दिनँ,। राज्यले मिलाउन सक्यो भने अहिले टुरिजम क्षेत्र ढल्यो भन्ने हल्ला चलिरहेको छ त्यो गलत हुनेछ । हाम्रो प्रकृति त्यहिँ छ, पहाड त्यहिँ छ, केही ठाउँमा होटल भत्किएको छ, केही ठाउँमा पहिरो गएको छ, त्यत्ति न हो । पहिरो त हाम्रो प्रत्येक वर्षायाममा जान्थ्यो, त्यसलाई निर्माण गर्न सकिन्छ । हाम्रो पदयात्राहरु मानववस्तीका छन् । जसलाई हामीले अहिले निर्माण गरेका होइनौँ, यो आदिमकालदेखि स्थानीयहरु हिँड्ने गरेको बाटोलाई नै हामीले पदयात्राको रुपमा खडा गरेका हौँ । भूकम्पले नेपाललाई धेरै देशहरुमाझ चिनाएको छ । यसलाई सबै ठाउँबाट सही समायोजन गर्न सकियो भने केही वर्षपछि टुरिजम क्षेत्र हामीले सोचको भन्दा माथि जानसक्छ ।
राम सापकोटा ‘कमल’ पर्यटन व्यवसायी सँग सरिता कार्की र सुदीप विश्वकर्माको कुराकानीमा आधारित खबरडबलीमार्फत साभार