राजेन्द्र पाण्डेले आत्मसमर्पण गरे

Avatar photo
Dhadingpost
बुधबार, माघ १४, २०७१

mधादिङ । मेगा बैंकबाट २ करोड ९ लाख ९० हजार ठगेर फरार रहेका धादिङ सलाङ निवासी राजेन्द्र पाण्डेले आत्मसमर्पण गरेका छन् । फरार पाण्डेले महानगरीय प्रहरी अपराध महाशाखामा आएर आत्मसमर्पण गरेका हुन् ।
आफ्ना दुईभाईलाई पनि ठगिमा संलग्न गराएका पाण्डे लुकीछिपी जापान बस्दै आएका थिए । आफ्ना दुईभाई यसै प्रकरणमा जेलपरे पछि पारिवारीक दवावमा परेका पाण्डे जापानबाटै प्रहरीलाई फोन गरि प्रहरीमा आत्मसमर्पण गर्न आएका थिए । प्रहरीले तत्काल आत्मसमर्पण गर्न नआए जापानी प्रहरीको सहयोग लिने जानकारी गराएपछि आत्पसमर्पणको लागी आफु नेपाल आएको बताएका छन् ।