माइक्रो फाइनान्सको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, माघ १, २०७१

माघ १ धादिङबेसी । संस्थाको बुधबार धादिङबेसीमा आयोजित साधारण सभाले केशवप्रसाद आचाय अध्यक्ष रहने गरीसंचालक समिति गठन गरेको छ । नव गठिन समितिमा गंगाप्रसाद उप्रेती, ज्योती प्रकाश पाण्डे, उदयकृष्ण उपाध्याय, रविन सिजापति, डा.रमा बस्याल चयन भएका छन् ।
देशभर १२ वटा शाखा संचालन गर्दै आएको फाइनान्सले धादिङबेसीमा एक वर्ष अघिबाट सेवा सुरु गरेको हो । हाल संस्थाको अधिकृत पूँजी रु ५० करोड, जारी पूँजी रु १० करोड र चुक्ता पूँजी रु ७ करोड रहेको छ ।
संस्थाले आर्थिक वर्ष ०७०÷०७१ को मंसिर मसान्तसम्म १५ करोड १९ लाख ८३ हजार कर्जा वितरण गरेको छ भने २९ लाख ३३ हजार निक्षेप संकलन गरेको छ । हालसम्म १८ लाख ३ हजार रुपैया नाफा कमाउन फाइनान्सले यस आर्थिक वर्षमा १० हजार भन्दा बढी विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्ने, र कर्जाको गुणस्तरलाई बृद्धि गर्ने भएको छ ।