१ दिने अगरबत्ति बनाउने तालिम सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, पुस २८, २०७१

धादिङबेसी पुस २८ । छिमेक विकास लघुबित्त विकास बैंक जिल्ला शाखा धादिङले बैंकमा आवद्ध भएका गरिब तथा विपन्न महिलाहरुको लागि १ दिने अगरबत्ति बनाउने तालिम दिएको छ ।
बैंकमा आवद्ध भएका गरिव तथा विपन्न वर्गका महिलाहरुको लागि १ दिने आयस्तरवृद्धि गर्ने तालिम दिएको बैंकका प्रबन्धक ऋषिराम तिमल्सिनाले बताउनुभयो ।
धादिङको विभिन्न गाउँ विकास समिति तथा गोरखाको घ्याल्चोकमा समेत सेवा प्रबाह गर्दै आएको बेंकले आफ्ना वैंकमा आवद्ध भएका सदस्यहरुलाई विभिन्न चरणमा लघुवित्त कार्यक्रम अन्तर्गतका तालिमहरु दिंदै आएको छ । आईबतार धादिङवेसीमा सम्पन्न तालिममा धादिङको ढोला, चैनपुर, धुवाँकोट, नलाङ गाउँविकास समिति र नीलकण्ठ नगरपालिकाका ३० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो ।
गाउँघरमा दैनिक गरिँदै आएको धेरै शारिरीक श्रमको कामबाट मुक्त पाउनुका साथै राम्रो आम्दानी लिन अगरबत्ति बनाउने तालिम लिन आएको नीलकण्ठकी बागमती कुमालले बताइन् । आफूले घर ढलान गर्ने काम छोडेर तालिम लिन आएको उनको भनाई थियो ।
तालिममा सहभागि अर्की अनिता रिजालले आफूले सिकेको तालिमबाट घरमै बसेर व्यवसाय गर्ने बाटो खुलेको बताइन् उता धौखोलाकी मिना अर्यालले आफ्नो मनसाय पनि अगरबत्ति बनाउने भएकोले तालिम पछि नै सुरु गर्ने बताएकी थिईन् उता खरीबाट तालिम लिन धादिङवेसी आएका भेषकुमारी आलेले बैंकले सजिलो काम गरेर दिगो कमाई गर्ने बाटो देखाएकोले आफू तालिममा सहभागि हुन आएको बताएकप्ी थिईन् ।
त्यसैगरी तालिमका प्रशिक्षक तथा बैंकका कर्मचारी समेत रहेकी शारदा आचार्यले सहभागिहरुले तालिम लिन निकै सजिलो मानेकोले व्यवहारमा लागु गर्ने आशा गरिन् । अर्की प्रशिक्षक रिता नशर्की क्षेत्रीले भने परम्परादेखी गर्दै आएको खेती किसानीको अलावा अगरवत्ति बनाउन पनि सकिने भएकोले स्थानीय वस्तुको उपयोग गरेर काम गर्न सकिने बताईन ।
स्थानीय स्तरमा उत्पादन हुने बस्तुहरु काउलो, अंगार, बाँसको सिन्का र बजारबाट सजिलै खरिद गर्न सकिने बस्तु तारपिनको तेल र सामान्य प्रकारको सेन्टको प्रयोग गरेर अगरबत्ति उत्पादन गर्न सकिने भएकोले त्यसलाई व्यवसायीक रुपमा लैजान समेत सजिलो हुने समेत उनको भनाई थियो ।