जनसेवक सहकारीमा पून- ढकाल

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १५, २०७१

maheshwor dhakal

धादिङबेसी पुस १५ । गते जनसेवक बचत तथा ऋण सहकारी संस्था लि.को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिबेशनबाट अध्यक्षमा पूनः महेश्वर ढकाल निर्वाचित हुनुभएको छ ।

मंगलबार धादिङवेसीमा सम्पन्न साधारणसभा तथा अधिबेशनबाट ढकाल सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजमान श्रेष्ठ, सचिव निर्मला केसी, कोषाध्यक्षमा सुशिला श्रेष्ठ र सह–सचिवमा तोयानाथ छत्कुली निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रामचन्द्रं रेग्मी, राधाकृष्ण नेपाल, विनोद तिवारी, यमप्रसाद शर्मा, सुमी गुरुङ र खड्कबहादुर श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । साधारणसभाबाट लेखा, शिक्षा र ऋण उपसमितिको समेत गठन गरेको छ । विष्णुप्रसाद रिजाल संयोजक र डिल्लीराम खतिवडा, नारायणप्रसाद तिमल्सिना सदस्य रहेको ३ सदस्यीय लेखा समिति गठन गरिएको छ त्यसैगरी शिक्षा उपसमितिमा तोयानाथ छत्कुली संयोजक र सदस्यहरुमा विनोदकुमार शाह, हरिराम न्यौपानृे रहनुभएको छ । त्यस्तै ऋण समितिको संयोजकमा राम्चन्द्र रेग्मी र सदस्यहरुमा हरिबहादुर थापा, राजन श्रेष्ठ रहेका छन् ।

स.स्थाका अध्यक्ष महेश्वर ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभामा एकीकृत नेकपा माओवादी धादिङका उपाध्यक्ष राजु नेपालको प्रमुख आतिथ्यता र नेपाल राष्ट्रिय कर्मचारी महासंघ धादिङका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति धादिङका अध्यक्ष रामचन्द्र रेग्मी लगायतका आतिथ्यता रहेको थियो । जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीमा जिल्लाभरका १०५ जना शेयर सदस्य रहेका छन् । साधारणसभामा संस्थाका कोषाध्यक्ष सुशिला श्रेष्ठे संस्थाको आर्थिक प्रगति प्रतिवेदन र सचिव निर्मला केसीले संस्थागत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । प्रस्तावित प्रतिवेदनहरुमा सदस्यहरुले सुझाव सहित पारित गरेका थिए ।

संस्थाले आर्थिक वर्ष २०७०÷०७१ मा ८९ हजार ५ सय रुपैयाँ कुल नाफा गरेको छ ।