साना किसान सहकारीको साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, पुस १४, २०७१

guruधादिङबेसी पौष १४ गते । साना किसान सहकारी संस्था ज्यामरुङको सातौ बार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष ओम प्रसाद धमलाको अध्यक्षता रहेको साधारण सभामा सभासद गुरु प्रसाद बुर्लाकोटीको प्रमुख आतिथ्यता, साना किसान सहकारी संस्थाका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको विशेष आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि बुर्लाकोटीले साना किसान सहकारीको माध्याम बाट किसानहरुको जिवन स्थत उकास्न सकिएने बताउँदै राज्यबाट आउने अनुदान देखि बैकबाट सुदभ व्याजमा कृसानहरुलाई ऋण उपलब्ध हुँदै आएको बताउनु भएको थियो ।
यस सहकारी संस्थाको आर्थिक वर्ष २०७०।७१ को कुल आम्दानी ६९ लाख ९६ हजार ३ सय, ,कुल खर्च ५१ लाख १८ हजार ९ सय ७२ रुपैया र कुल नाफा १५ लाख ७७ हजार ३ सय २८ रुपैया रहेको ज्यामरुङबाट रामकृष्ण तिमल्सीनाले धादिङपोष्टलाई जानकारी दिनु भयो ।