पाडे र जिग्रीलाई हेर्न लापा देखि आए

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

aaaपुस १३ धादिङबेसी । पछिल्लो समयमा हास्य कलाकारिता क्षेत्रबाट चर्चामा आएका पाडे र जिग्रीलाई हेर्न लापाबाट सन्तोष तामाङ हिजै धादिङबेसी आएका थिए । कक्षा ९ मा पढ्ने सन्तोष मलाई जीग्रीको पैस्तुती भन्दानी नजीकबाट निगाल्न आएको हुँ भेट्ने चाहना थियो तर प्रत्येक्ष भेट्न पाईन उनले भने । गाउँ गाउँ बाट आज पनि महोत्सवमा आउनेको घुईचो लागेको थियो ।
घरेलु उद्योेग, कृषि जलश्रोत, पर्यटन प्रवद्र्धन, आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु गरिएको धादिङ महोत्सव जारी रहेको छ । आजै सातौं दिन हास्य कलाकार पाँड,े जिक्री गायक रामकृष्ण ढकाल तथा स्थानिय कलाकारहरुले मनोरञ्जन गराएको थिए ।
३५,००० हजारको हाराहारीमा दर्शकले मेलाको अवलोकन गरेको र आगामी दिनहरुमा पनि उपस्थिती रहने सांस्कृतिक उपसमितीका संयोजक अशोक कुमार वस्नेतले वताउनु भयो । २०० को हाराहारीमा रहेको स्टलहरुमा घरेलु उद्योग, कृषि प्रदर्शनी, दुग्धजन्य उत्पादन, हस्तकला, घरेलु उपयोगका विद्युत्तिय तथा अन्य सामाग्रीका साथै वाल उद्यान, लघु चिडियाघरमा अस्ट्रीज, अजिङ्गर, गोहि लगायतको जिव जन्तु रहेको छ । मेलामा मिनी फिल्महलको पनि वेबस्था रहेको छ ।
महोत्सवमा करिव १५ करोडको कारोवार हुने आयोजक संस्था धादिङ उघो्ग वाणिज्य संघ धादिङका अध्यक्ष चन्द्रकान्त अधिकारी वताउनु भयो । यस पटकको महोत्सवमा बिशेष गरी जिल्लाको कृषि जन्य उत्पादनलाई प्राथमिकता दिंदै जिल्ला कृषि विकास कार्यालय तथा कृषि क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको आयोजनामा महोत्सव स्थल भित्र छुट्टै प्रतियोगितात्मक कृषि प्रदर्शनीको पनि आयोजना गरिएको छ ।