नेपाल इट्स सेल, इटइजअ टुरिजम प्रोडक्ट

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

RAMESHम एउटा व्यवसायी भएर तपाईहरुको विचमा यहाँहरुले नै आयोजना गरेको एउटा कार्यक्रममा १ वर्ष अगाडी यहि ठाउँबाट केही कुरा राखेको थिएँ । त्यतिखेर मेरा कार्यकाल भर्खरै मात्र सूरु भएको थियो र मैले तपाईहरुलाई भनेको थिएँ १ वर्ष पछाडि मैले धादिङमा पर्यटन विकासका क्षेत्रमा आमुल परिवर्तनको संकेतहरु देखा पर्नेछन् आज तपाईहरुले धादिङको उत्तरी क्षेत्रलाई नियाल्नुभयो भने, हामीले धेरै ट्रेकिङ प्रवद्र्धनका कार्यहरु अगाडि सारिसकेका छौं । त्यहाँका जनतासंग सरोकार राखेर यहाँहरुले बुझ्नुभयो भने प्रष्टसंग देख्नुहुन्छ, पत्रकारहरुलाई पनि यो कुरा प्रष्टै छ । त्यसैगरी राजनीतिक नेताहरुलाई । हामीले त्यो काम समृद्ध धादिङ निर्माण गर्ने सन्दर्भमा केही वर्षदेखी उठायौं तर हामी एउटा व्यवसायी सिङ्गो पर्यटन क्षेत्रको नेतृत्व गर्ने अवसर प्राप्त गरेको अवसरमा जहिलेपनि पछि पारिएको धादिङलाई हामीले पछि पार्न चाहेनौं त्यसैले लाङ्टाङ र मनासलुसंग जोडेर सदैव एउटा मार्गको रुपमा विकास गर्नुपर्छ भनेर प्रस्ताव ग¥यौं त्यसलाई पर्यटन व्यवसायीहरुले स्वीकार गर्नुभो, व्यवस्थापकले स्वीकार ग¥यो सरकारले त्यसमा सहयोग पु¥याउनुभो, दातृ निकायले हाम्रा आवाजलाई वुलंद गर्नुभो त्यसैले हामीले गणेशहिमाल रुवी भ्याली, मनासलु ट्रेकिङ टेल निर्माण गर्न सक्यौं । त्यो धादिङवेसीदेखी सुरु हुँदै एउटा गत्लाङमा गएर टुङ्गिन्छ र अर्को हामीले रसुवाबाट सुरु गरेको टे«किङ टेल गोरखा, मनाङ हुँदै लामो दिनसम्म गराउन सक्नेगरी निर्माण गरिसकेका छौं ।
२०१५ को सुरुवातमै बजार व्यवस्थापन गर्नेगरी काम अगाडि ल्याउनेछौँ । त्यससंगै धादिङ जिल्लालाई कृषि र पर्यटनसंग जोड्न जरुरी छ भनेर दोस्रो फेजमा हिजोमात्रै हामीले कृषि र पर्यटन भन्ने कार्यक्रमलाई टानको केन्द्रिय वार्षिक साधारणसभावाट पास गरेर आयोजनामुलक कार्यक्रम संचालन गर्नका लागि स्थानीय स्तरमा रहेका जनताले पनि पर्यटनको स्वाद प्राप्त गर्न पाउनुपर्छ भन्ने ढंगले त्यो कार्यक्रम उद्घोष गरिसकेका छौं । अर्को एक वर्ष पछाडि हामीले धादिङको उत्तरी क्षेत्रमा कृषि र पर्यटनलाई संयुक्त रुपमा अगाडि बढाउछौं त्यो बाचा हामीले गरेका छौं । व्यवसायीहरुले पहिला प्रवद्र्धन गर्नका लागि उत्पादन गर्छन् त्यो उत्पादन बजारमा व्यवस्थापन गर्नको लागि राष्ट्रिय बजार र अन्तराष्ट्रिय बजार ब्यवस्थापन गर्नेगरी हामीले काम गछौं त्यो सहजिकरण गर्नका लागि सरकारको आवश्यकता पर्छ त्यो चिजहरु पूरा गर्नको लागि टानले संयुक्त पर्यटन समन्वय समिति निर्माण गर्दै मुलुकमा व्यप्त भ्रष्टाचारको अन्त्य संगसंगै ठूलो रिसोर्स संचालन गरेको पर्यटन वोर्डको आन्दोलनलाई हामीले चिरफार गर्ने अवस्था निर्माण ग¥यौ र सौभाग्यले त्यसको नेतृत्व टानले गर्नपायो टानको अध्यक्षको हैसियतले मैले गर्न पाएँ । म आज अत्यन्त हर्षित छु । आन्दोलनको एउटा सहयोद्धाका हिसावले त्यो आन्दोलनलाई समर्थन गर्ने नेताहरुका अगाडि यो कुरा गर्दै गर्दा पूर्व प्रधानमन्त्रीले आजको हाम्रो आन्दोलनमा ऐकिबद्धता जनाइदिनुभयो भने माननीय सभासदहरुले ऐकिबद्धता जनाइदिनुभयो जसका कारणले हामीले उठाएका मुद्दा भ्रष्टाचार विरोधि मुद्दा समय सान्दर्भिक थियो भन्ने पुष्टि भएको छ । भ्रष्टाचारमा लिप्त मान्छेहरु कार्वाहीमा परेका छन् ।
मैले यहाँको एलडिओलाई यहि आएर भनेको थिएँ । यो अघिलो वर्ष पर्यटनमा विनियोजित भएको रकम पर्यटनमा खर्च भएन । यो वर्ष रकम विनियोजन गर्नुभन्दा अगाडि, आयोजनाहरु निर्माण गर्दाखेरी पर्यटन व्यवसायीहरुलाई सम्झिनुस्, पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सम्झिनुस् ।
हामीले व्यवसायीको कुरा गर्दा त्यहाँ काम गर्ने मजदुरहरुलाईविर्सियौं, उनीहरुलाई नै विर्सियौं भने हाम्रो विकास कहिल्यै पनि पुरा हुन सक्दैन त्यसैले हामी हाँस्न चाहनेहरुले हाँस्नदिनसक्ने शक्तिलाई जहिले पनि सम्मान गर्नुपर्छ । त्यसैले मजदुर र व्यवसायीहरुको जुन प्रकारको विषमता छ त्यसलाई न्यूनिकरण गर्नुपर्छ यो प्रस्ताव हामीले गरेका थियौं । विडम्बना उहाँले न टानलाई चिठीलेख्नुभो न म यो जिल्लाको एउटा राजनीतिकर्मी पनि भएको हुनाले उहाँले कसैलाई पनि सम्झिनुभएन । हामी जति बोल्न चाहन्छौं हाम्रा राष्ट्रसेवकहरु जसले स्थानीय सरकारको जिम्मेवारी प्रप्त गरिरहनुभएको छ । अहिले स्थानीय तहमा निर्वाचन नभएको सन्दर्भमा त्यो संस्थाहरु भ्रष्टाचारको अखडा बन्न आज लालायित भएको छ, त्यसको उदाहरणको लागि तिप्लिङ सडकलाई हेरे हुन्छ अन्त जानुपर्दैन । त्यहाँ गरिएको ग्रावेललाई हेर्दा ति कहाँ छन् नाम निटान छैन यो त एउटा उदाहरण मात्रै राखेको हुँ आज विवस भएर नै यो कुरा राखेको हुँ ।
म यहाँहरुलाई आग्रह गर्न चाहन्छु राजनीति भन्दा बाहिरबाट मुलुकको आमुल परिवर्तन हुन सक्दैन हामीले चाहेर वा नचाहेर राजनीतिलाईहामीले जति गाली गरेपनि, जति नै तालि बजाए पनि राजनीतिमा तालि नबजाईकन राजनीतिक नेताले यो कुरा नवुझिकन आमुल परिवर्तन सम्भव छैन । तर, म आज व्यवसायीको हिसावले यहाँ बोल्दैगर्दा संविधान निर्माण समयमा भएन भने, लगानीमैत्री वातावरण निर्माण हुँदैन । लगानी मैत्री वातावरण भएन भने उद्योग धन्दा खुल्दैन। उद्योग धन्दा नखुले विदेशीन विवस युवाहरुलाई काम दिने वातावरण पनि बन्दैन । हामीले काम दिलाउनका लागि उद्योगधन्दा खोल्न जरुरी छ उद्योग धन्दा निर्माण गर्नका लागि लगानीको जरुरी छ । लगानीमैत्रीवातावरण बनाउनको लागि कानूनको जरुरी छ त्यो कानूनभित्र मजदुरदेखी सबै व्यवसायीहरुको हक हित सुरक्षित हुन जरुरी छ । जनताले जुन ठाउँबाट उत्पादन गरेका सामग्रीहरु छन् त्यसको विक्री वितरणको ग्यारेन्टी हामीले गर्नुपर्दछ ।
कृषि र पर्यटनको क्षेत्रलाई जुन किसिमले जनताको माझमा पु¥उने कोसिस् गर्नुभएको छ यो काम पुरा गर्नका लागि पहिलो यहाँका जननिर्वाचित सभासदहरुको संगै राजनीतिक पार्टीहरुको र तपाईहरुले वातावरण बनाएदिएपछाडि लगानी गर्ने कामहामीहरुको हो । हामीले उत्तरमा सदैब कायम रहने गरी ट्रेकिङ टेलको निर्माण ग¥यौं । अब दक्षिणतिर पनि एउटा सौभाग्य हामीलाई दिएको छ, प्रकृतिले नेपाल आफैंमा प्रकृतिको उपज हो । पर्यटनका लागि हो । यो सम्भावनाका लागि कुरा गर्ने देश होइन ।
हामीले के भनेका छौं भने, “नेपाल इट्स सेल, इट इज अ टुरिजम प्रोडक्ट” सिंगो नेपाल नै पर्यटन विकासको सम्भावना हो नेपालमा चुरे क्षेत्रमा पनि ट्रेकिङ टेलको निर्माण गर्नपर्नेभएको हुनाले हामीले जोगिमारादेखी सौराहासम्म जोड्ने ट्रेकिङ टेलको निर्माण गर्नका लगि प्रस्ताव गरिसकेका छौं । दोस्रो वर्षमा आउँदा हामी त्यो कुरा पूरा गर्नेछौं ।
यहाँ रहेका ताल तलैया, नदीनाला, पाखा खेरा, डाँडा सबै पर्यटनको रुपमा अगाडि बढ्नेगरी हामी काम गर्नेछौं । म उद्योगी वाणिज्य महासंघको एसोशिएट केन्द्रिय सदस्य पनि भएको नाताले हाम्रो सहकार्य उद्योग वाणिज्य महासंघसंग रहेको छ । हिजो उद्योग वाणिजय संघ धादिङमा दुईवटा भएको थियो, आज एउटा गर्ने पहल सबै पक्षहरुबाट भएको छ । यसमा पहल गर्नुहुने तपाई सबै राजनीतिक पार्टीका नेतादेखी उद्योगपति सबैमा तथा धादिङका आम पत्रकारहरुलाई धन्यवाद दिन चाहन्छु र यो महोत्सवको सफलताको पूनः शुभकामना दिन चाहन्छु धन्यवाद ।
(धादिङ महोत्सव २०७१ को समद्धाटन कार्यक्रममा ट्रेकिङ एजेन्सी अफ् एसोशिएसन नेपाल (टान)का अध्यक्ष रमेश धमलाले दिनुभएको शुभकामना मन्तव्यको संक्षिप्त अंश–)