धादिङमा माओ दिवस मनाईयो

Avatar photo
Dhadingpost
आइतवार, पुस १३, २०७१

maoधादिङबेसी । १२२ औं माओ दिवसको अवसरमा एकीकृत नेकपा माओवादी धादिङले चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
आज धादिङ पार्टी कार्यालयमा जिल्लाका क्रियशिल पत्रकारहरुलाई निमन्त्रणा गरि माओजयन्तीको अवसरमा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गदै एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले माओत्से तुङको चर्चा गर्नु भएको थियो । उहाँले कम्यूनिष्ट एकताले मात्र क्रान्ति सम्भव हुने हुँदा फुट होईन एकाताको अपरिहार्य रहेको बताउनु भयो । वैद्य हुँदै विप्लव सम्मले जे गर्नु भयो, गलत भयो, एक्लै क्रान्ति गर्छु भन्नु माओवाद कै खिल्ल उडाउनु सरह भएको भन्दै अध्यक्ष भण्डारीले एउटै लक्ष्य बोकेका कम्यूनिष्टहरु एकजुट हुनु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा एमाओवादी धादिङका सचिव धनबहादुर बुर्लाकोटी कोषध्यक्ष बीरबहादुर तामाङ, जिल्ला कमिटिका सदस्यहरु, जिल्ला सल्लाहकार, जिल्लामा क्रियाशिल पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी
गोरखाको तान्द्राङ्मा पनि माओ जयन्ती मनाईएको छ । एनेकपा माओवादि तान्दा्रङ् गाउँ पार्टी अध्यक्ष शेषनाथ भट्राईको अध्यक्षतामा १२२ औँ मा ओ जयन्ती तथा शहिद मातृका धिताल(रस्मी) को १४ औँ स्मृति सभा मनाइयो ।
स्मृति सभामा दलित मुतिm मोर्चाका केन्दिय सदस्य दिल बहादुर सिन्चुरीको प्रमुख आतित्थ्यता र वाइसेल गाउँ पार्टि संयोजक दण्डपानी लामिछानेको विशेष आतित्थ्यता रहेको थियो । शहिद परिवार सदस्य तथा विद्यार्थी प्रतिनिधि एलिना धिताल, इलाका नं. ९ का इन्चार्ज विनोद पाण्डे, गाउँ पार्टी सदस्यहरु, पार्टी कार्यकर्ता, शुवेच्छुक, शुभचिन्तकहरु लगायतको सहभागिता रहेको थियो ।