हाजीरी जवाफ तथा गणितिय दौड सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, पुस ५, २०७१

झार्लाङ पुस ४ गते । झार्लाङ गाविसको वडा नं ४ स्थित मेङगङको झार्लाङ माविमा प्रावि , निमावि र मावि स्तरीय हाजीरी जवाफ तथा गणितिय दौड प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रध्यानाध्यापकको आतिथ्यता रहेको कार्यक्रममा प्रावि स्तरीय हाजीरी जवाफ प्रतियोगितामा स्याउ समुह प्रथम , अाँप समुह दितिय र सुन्तला समुह तृतिय भएका छन् । निमावि स्तरीय गणितिय दौड प्रतियोगितामा कक्षा ८ का सृजना तामाङ प्रथम , कक्षा ६ को फुलमाया तामाङ द्धितिय र कक्षा ६ कै मालती तामाङ तृतिय भएका छन । त्यसैगरी मावि स्तरीय प्रतियोगितामा कक्षा १० को मुकेश तामाङ प्रथम, कक्षा १० कै प्रसान्त तामाङ द्धितिय र कक्षा ९ को विजय तामाङ तृतिय भएका छन् । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीद्धारा पुरस्कृत गरिएको झार्लाङबाट दिपेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभएको छ ।