रानीपौवामा अभिवावक भेला सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, पुस ५, २०७१

सल्यानटार । सल्यानटार गाउँ विकास समितिको वडा नं ४ मा रहेको रानीपौवा उच्च माध्यमिक विद्यालयमा शिक्षक अभिवावक भेला सम्पन्न भएको छ । कक्षा १ देखि १२ सम्मका विद्यार्थीका अभिभावकको उपस्थिीत रहेको भेलावाट चेत कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । आगामी दिनमा विद्यार्थीहरुमा शिक्षाको गुणस्तर कसरी उकास्न सकिन्छ र कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित रहि छलफल गरिएको सल्यानटारबाट शिव नारायण गिरीले जानकारी दिनु भएको छ ।