आप्रवासी दिवस अवसरमा वक्तृत्वकला प्रतियोगिता गरियो

Avatar photo
Dhadingpost
बिहिबार, पुस ३, २०७१

धादिङबेसी पुष ३ गते । अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर बुधबार धादिङबेसीमा विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बैदेशिक रोजगारीमा जानेलाई विश्वासीलो र सुरक्षित बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो । सुरक्षित आप्रवासनमा युवाहरुको भुमिका विषयमा आयोजना गरीएको प्रतियोगितामा सुनगाभा एकेडेमी धादिङबेसीका नविना मिया प्रथम हुनुभएको छ ।
यसैगरी धादिङ बोडिङ उमाविका करिश्मा भण्डारी द्धितिय, निलकण्ठ उमाविका निलकण्ठ बरुवाल तृतीय र पशुपति माध्यमिक विद्यालयका सृजना थापा सान्त्वना हुनुभएको छ ।
विजयी विद्यार्थीहरुलाई सभाषद गुरुप्रसाद बुर्लाकोटीले ४ हजार, २ हजार, १ हजार र ५ सय रुपैँया नगदबाट पुरस्कृत गर्नुभएको थियोे । आवाज अभियान नेपालका अध्यक्ष केशव प्रसाद दुवाडीको अध्यक्षता भएको कार्यक्रममा बोल्नुहुँदै सभाषद बुर्लाकोटीले अहिले विकराल बन्दै भएको आप्रवासन समस्या समाधान गर्नको लागि सबै गम्भीर भएर लाग्नुपर्ने सुझाव दिनुभयो । आज धादिङ लगायत देशभरमा सुरक्षित आप्रवासनको आवश्यकता, हामि सबैको प्रतिवद्धता भन्ने नारा सहित विविध कार्यक्रम गरी मनाईदैछ ।