धादिङलाई फोहोर ब्यबस्थापन गर्न डम्पिङ साइडको आवश्यकता- पाण्डे

Avatar photo
Dhadingpost
बुधबार, पुस २, २०७१

sarsafaiधादिङ पुष २ / धादिङलाई फोहोर ब्यबस्थापन गर्न डम्पिङ साइडको आवश्यकता रहेको नेकपा एमाले धादिङ क्षेत्र नं ३ का सभासद एवंम पुर्व स्थानिय बिकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताउनु भएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङले आज धादिङबेसीमा आयोजना गरेको प्रथम जिल्ला सरसफाई सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै पाण्डेले यस्तो बताउनु भएको हो । शहर तथा घरबाट निस्केका फोहोर मैलाहरुलाई ब्यबस्थापन गर्न निकै समस्या भएकोले यस जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्नु पहिले फोहोर ब्यबस्थापन गर्ने ठाउँको पहिचान गर्नु अति आवश्यक रहेको पाण्डेले बताउनु भयो ।
यसै गरी नेकपा एमाले धादिङ क्षेत्र नं २ का सभासद गुरु प्रसाद बुर्लाकोटीले पानी बिना केहि पनि सफा नहुने भएकाले शिहर तथा ग्रामीण भेगकको विकासको लागि धाराको साटो पानी दिन सकेमात्र समग्र धादिङ जिल्लाको सरसफाई हुने बताउनु भयो । धादिङ जिल्लाको पहिचानको लागि आलोचना गर्ने ढंगले भन्दा जनचेतना फैलाउने खालको अभियान गर्न समेत जरुरी भएको समेत उहाँको भनाई रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक तर्फका सभासद परशुराम तामाङले धादिङ जिल्लालाई पर्यटकीय हिसावले एउटा नमुना जिल्लाको रुपमा चिनाउन धादिङबासीहरुले सरसफाईलाई विशेष ध्यान दिनु पर्ने बताउनु भयो । यसै गरी तोकिएकै समयमा संविधान जारी गर्न दलहरुले जनताहरुलाई सुशासन दिनु पर्नेमा जोड दिनु भयो । यसै गरी सम्मेलनको अवसर पारी धादिङको ११ वटा गाविसहरुलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्न सक्रिया रुपमा योगदान दिन सफल ११ वटा गाविसका सचिवहरु र ४ वटा गैसस लाई सम्मान गरेको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङका अध्यक्ष एवंम स्थानिय विकास अधिकारी रुद्र सिंह तामाङको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले धादिङ क्षेत्र नं ३ का सभासद एवंम पुर्व स्थानिय बिकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले धादिङ क्षेत्र नं २ का सभासद गुरु प्रसाद बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक तर्फका सभासद परशुराम तामाङ, नेपाली काङग्रेस धादिङका सभापति रामनाथ अधिकारी र क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षकका निर्देशक मनोज घिमिरेले सम्मेलनको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासु देव घिमिरे, प्रहरी नायव उपरीक्षक अशोक सिंह, नेपाली काङग्रेस धादिङका जिल्ला सचिव भक्त लामा, एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारी राप्रपाका नन्द्र प्रसाद कार्पी, नेकपा एकिकृतका शिव निधी खनाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरु, गाविस सचिबहरु, महिला सञ्जालका प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सन् २०१६ साल सम्ममा धादिङ जिल्लालाई खुल्ला दिशा मुक्त गाविस घोषणा गर्ने आयोजक संस्थाको लक्ष्य रहेको छ ।