आधारभूत उद्यमशीलता विकास सम्बन्धी तालिम सुरु

Avatar photo
Dhadingpost
बुधबार, पुस २, २०७१

धादिङबेसी पुष २/ आधारभूत उद्यमशीलता विकास सम्बन्धी २ दिने तालिम बुधबार देखि धादिङबेसीमा सुरु भएको छ । स्थानीय स्तरमा रोजगारी अभिबृद्धि गर्ने र ब्यबसाय गर्ने उद्यमीहरुलाई चारकोल सम्बन्धी जानकारी गराउने मुख्य उद्धेश्यका यो तालिमको आयोजना गरिएको हो । तालिममा सामुदायिक वन उपभोक्ता महासंघ धादिङका महासचिव तथा तालिमका प्रशिक्षक शुसिला पाठकले संस्थाको परिचय, तालिम गर्नुको मुख्य उद्धेश्यहरु, उदमशीलताको परिचय, यसको महत्व तथा सफल उद्यमीका विशेषताहरु, ब्यवसायका किसिम तथा चारकोल ब्यबसाय बारे जानकारी, बजारको अबधारण तथा चारकोल बजारीकरण लगायत विबिध विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । यसै गरी तालिम पश्चात सहभागिहरुले चारकोल उत्पादन तथा ब्यबसाय गरेर धादिङ जिल्लामा एउटा नमुना ब्यबसायिको रुपमा स्थापित हुने प्रतिबद्धता ब्यक्त गरेका छन् । धादिङ जिल्लाको सामुदायिक तथा निजी बनहरुमा खेर गई रहेको वनमारा, झाडी र बुटयानहरुलाई सदुपयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको तालिममा सहभागिहरुले बताएका छन् । कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक नवराज पुरी, संस्थाका सहयोगी कृष्णहरी गिरी, जोगिमारा, पिडा, कुम्पुर, ज्यामरुङ, बेनिघाट, नीलकण्ठ सलाङ, खानीगाउँ, अल्छीडाँडा र जयन्तीडाँडा विभिन्न गाविसका सामुदायिक बन उपभोक्त महासंघका प्रतिनिधिहरु लगायत ३० जना उद्योमी ब्यबसायीहरुको सहभागिता रहेको थियो ।