धादिङमा वादल र धर्मेन्द्रको छुट्टाटुट्टै पत्रकार सम्मेलन

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २९, २०७१

badallमंसिर २९, धादिङवेसी । भर्खरै फुटको क्षती व्यहोरेका मोहन बैद्य पक्षके नेता रामबहादुर थापा बदल र बैद्यसंग संम्बन्ध विच्छेद गरेर नयाँ पार्टी घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका नेता धर्मेन्द्र बस्तोलाले एकै दिन धादिङमा पत्रकार सम्मेलन गरेका छन् ।
सोमबार कार्यकर्ता प्रशिक्षणमा धादिङ आइपुगेका विप्लव समूका नेता धर्मेन्द्र बास्तोला र माइला लामाले धादिङबेसी स्थित गणेश हिमाल होटलमा र कार्यकर्ता प्रशिक्षण मै आएका वैद्य पक्षका नेता रामबहादुर थापा बादलले बिचबजारमा रहेको पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरेका हुन् । आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिन धादिङ आएका दुवै पक्षका नेताहरुले जिल्लाका पत्रकारहरुले आफूहरु पार्टी पुनर्गठनका लागि जिल्ला आएको बताएका थिए । दुवै पार्टीका जिल्ला स्तरीय नेताहरुले पत्रकार सम्मेलनको समय निकालेर नेताहरुलाई आ–आफ्नो पार्टीको विचार सार्वजनिक समेत गरेका थिए ।
भर्खरै बैद्य समूहसंग आफूहरुले सम्बन्ध विच्छेद गरेको बताएका विप्लव समूहका अन्तराष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले बैद्य समूहले संसदवादी दलहरुसंग आत्मसमर्पण गरेकोले आफूहरुले सम्बन्ध विच्छेद गरेको बताएका थिए । महान क्रान्ति तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्न नै आफूहरुले नयाँ विचार समूहको पार्टी गठन गरेको बास्तोलाले बताए । उता नेकपा–माअहोवादीका महसचिव रामबहादुर थापा ‘बादल’ले मोहन बैद्य नेतृत्वको माओवादीसंग सम्बन्ध विच्छेदको घोषणा गरेर विप्लवले गल्ती गरेको बताए । पार्टी दुवै पार्टीको धेरैजसो एजेण्डा एउटै भए पनि कसैले उचालिदिएको भरमा विप्लवले पार्टी फुटाएको थापाको आरोप थियो । नेपालको एउटा माओवादी भर्खरै विभाजित भएको र अर्को माओवादी पनि विभाजनको तयारीतिर लागेको थापाको भनाई थियो । नेपालको माओवादीहरुको विभाजन विशिष्ट घटना भएको थापाको तर्क थियो । राजनीतिक रुपमा हिजैका पुरानै शक्तिहरु राजनीतिक वृत्तमा हावी भएका कारण पनि नेपालको माओवादीहरु फुटेको थापाले दोहो¥याएका थिए । पुरानै यथास्थितिवादीहरुको हावी भएकै कारण देश पुनः संकटमा परेको उनको भनाई थियो । नेता थापाले नेपाली जनताको आशा र अपेक्षा माओवादीले पुरा गर्न नसकेको समेत स्वीकारेका थिए ।
उता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका नेता धर्मेन्द्र बास्तोताले आफूहरु जनअदालत खोल्ने नभई अदालतसम्म जनताको पहुँच लैजान सक्षम बनाउने अधिकार लिने पक्षमा लागेको बताएका छन् । हिजो जनअदालत गठन गरेको ठाउमा अहिले अदालतहरु भएका कारण ति ठाउँहरुमा जनताको सहभागिता गराउनु नै आफूहरुको मुल ध्येए भएको बताएका थिए । को भ्रष्ट वा खराव मान्छे हुन् भन्ने जनतालाई नै थाहा हुने भएकाले उनीहरुलाई अदालतसम्म पुग्ने वातावरण सृजना गर्नुपर्छ यो काम हामी गर्छौं बास्तोलाले पत्रकारहरुको कुराकानीमा भने । भ्रष्ट मान्छे न्यायधिश वा अन्य सरकारी कार्यालयका प्रमुख बन्दा भ्रष्टाचार नरोकिने उनले बताए ।