नेकपा–माओवादी धादिङले गर्यो पत्रकार सम्मेलन

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २५, २०७१

धादिङ मंसिर २४ । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभाले पूरानै ढाँचाको संविधान ल्याउन लागेकोभन्दै जनसंविधान जारी गर्ने चेतावनी दिएको छ । आज धादिङबेसी स्थित पार्टीकार्यालयमा जनआन्दोलनबाट जन संविधान जारी गर्ने माओवादीले पत्रकार सम्मेृलन गरेर जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा–माओवादी धादिङका नेता द्वारीका सुवेदी आफ्नो पार्टीले ल्याएको संविधानको खाकामा १४ प्रदेश, एक सदनात्मक व्यवस्था, आदिवासी, जनजाति, महिला, मधेसी र अन्य सिमान्तकृतलाई १० प्रतिशत विशेष अधिकार प्रदान गरिने प्रस्ताव गरिएको जानकारी दिनु भएको थियो ।
सुवेदीले आजको पत्रकार सम्मेलन देशव्यापी भएको बताउँदै सर्वपक्षीय राजनीतिक सभा गर्न दलहरु तयार नभएकाले अब जनआन्दोलनबाट संविधान जारी गरिने बताउनु भएको थियो । उहाँले धादिङको विप्लव समुहले धादिङमा फुटको हल्ला ल्यएको तर यसले नेकपा माओवादीलाई कुनै असर नपारेको समेत जनकारी गराईएको थियो ।